
सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २१ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २१ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ ।
चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ शिक्षा पढ्न लाई कुनै समस्या नभएकाे भनी बिहीबार नाेटिस जारी गरेर जनमानसमा भ्रम छर्नै काम गरेको भन्दै त्यसको समेत बिराेधमा माइतीघर मण्डलामा बिराेध जनाउँदै चिकित्सा शिक्षा आयोग चाहिदैन भनेर आगाे लगाएका थिए । आगाे लगाएपछि प्रहरीले तत्काल पानी हालेर निभाएका थिए ।
आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेकोछ सरकारले नेपाली शिक्षण संस्थालाई पढाउने अनुमति नदिएको १०० वेदको हस्पिटल बनाउने झंझट लगाएर राेक्ने काम गरेको ऐक्यबद्धता जनाउँदै आएका संघ संस्थाले जनाएको छ ।
अहिले देशमा डाक्टर गाेविन्द केसीको हठका कारणले मेडिकल शिक्षा धरासायी बन्दै गएको कुरा झन भन्दा झन छर्लङ्ग भएको फाेरम फर हेल्थका पुर्व अध्यक्ष राजन खत्रीले बताए ।
देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।
अहिले एमइसिकाे कारणले गर्दा बिद्यार्थी नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको हुदा आन्दोलन गर्नुपर्ने बाध्यता आएको बिद्यार्थीले बताए ।
चिकित्सा शिक्षामा बिद्यार्थी र अभिभावककाे रूचि भएको स्वदेशी लगानी कर्ताकाे रूचि भएको बिदेशमा समेत नेपाली चिकित्सककाे माग भएको हुदा सरकारले चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने चिकित्सक शिक्षा संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।







| ReplyForward |









