राजेशचन्द्र राजभण्डारी
कला र संस्कृतिकाे खानी राजधानी भित्र अहिले पनि नेवार समुदायको बाहुल्यता रहेको छ अहिले भएको कला संस्कृति विस्तारै लाेप हुदै जान थालेको समयमा काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका नेवार समुदाय पुरानो कला र संस्कृति संरक्षणकाे अभियानमा लागेका छन् ।
काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका श्री सिद्वि गणेश धिमि खल:ले राेपाई जात्रा मनाएको छ। रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो।
धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ मा असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन।राेपाई जात्रामा परम्परागत लाँखे नाच समेत प्रस्तुत गरिएको थियो ।
यहीँ परम्परा जगेर्ना गर्नका लागि सधैंका वर्षमा जस्तै याे वर्ष पनि चन्द्रागिरिमा राेपाईजात्रा मनाईएकाे छ । श्री सिद्वि गणेश धिमि खल: अध्यक्ष मानास महर्जनका अनुसार हरेक वर्ष जस्तै याे वर्ष पनि गाईजात्रा पर्वकाे दाेस्राे दिन मनाईने राेपाई जात्रा विभिन्न झाँकी, बाजागाजा सहित बजार परिक्रमा गरेर मनाईएकाे बताए ।
राेपाइजात्रा चन्द्रागिरि महादेवस्थानमा रहेको गणेश मन्दिरबाट सुरु भएर चेकपोस्ट बजार लगाएत विभिन्न क्षेत्रमा परिक्रमा गरिएको थियो ।
राेपाइ जात्रा पर्व नेवार समुदायले विशेष पर्वकै रुपमा मनाउने गरिन्छ नेवारी भेषभूषा पहिरन सहितका विभिन्न चित्र विचित्रको प्रदर्शनीले जात्रामा राैनक ल्याएको थियो याे राेपाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। रोपाईं जात्राका अवसरमा नेवार समाज मात्रै नभई चन्द्रागिरि क्षेत्रमा बसाेबास गर्ने स्थानीय बासिन्दाकाे उपस्थितिमा उक्त जात्रा धुमधाम सहित मनाईएकाे छ ।









