समाचार

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । “प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्ने छ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी… पुरा पढौ

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

कास्की / नवीन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सम्पदाकी उपाध्यक्ष निर्मला कोइरालाले पाठ्यक्रममा रहेको… पुरा पढौ

तीनजना प्रमुख जिल्ला अधिकारी हेरफेर बागलुङमा नेत्र सुवेदी

काठमाडौ / सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका प्रमुख जिल्ला अधिकारीमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेका हुन् । हेरफेर अनुसार गृहमन्त्रालयका सहसचिवद्वय नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मालाई क्रमशः बागलुङ र पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालको बाँकेमा सरुवा गरिएको छ । गृह मन्त्रालयले खगेन्द्र प्रसाद रिजाललाई झण्डै ८ महिना अघि बागलुङ… पुरा पढौ

फिल्म पुर्ण बहादुरकाे सारङ्गी*मा लाइनअप

काठमाडौं ।  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा प्रकाश र मुकुन पछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई… पुरा पढौ

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो । “न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।” लोतकन्त्र र कानुनको शासन सभ्य समाजको… पुरा पढौ

ढाेरपाटन नगरपालिकामा सडक बाट लडी एकजनाकाे मृत्यु

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका ०१ हलगाडे बस्ने बर्ष ५८ को चन्द्र बहादुर दमाई ढाेरपाटन नगरपालिका ०२ हेलखर्कबाट घर फर्कने क्रममा गोरेटोबाटोबाट अन्दाजी ३०० मिटर तल लडी मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख ३ गते घटना भएको जानकारी प्रहरी कार्यालय बुर्तीबाङमा जानकारी भएपछि प्रारम्भिक अनुसन्धानको लागि इप्रका बुर्तिवाङ बाट प्र.नि राजकुमार बि.क.को कमाण्डमा ७ जना प्रहरी टोली खटिएका छन् ।घटनास्थल इ.प्र.का बुर्तीबाङ बागलुङबाट अ. ०९ कि.मि पुर्व रहेको छ ।घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

गायिका रीता थापा मगरको “ए आमा जाम भन्यो मलाई” युुटुबकाे ट्रेनिङमा

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगरले सार्वजानिक गरेकाे ए आमा जाम भन्यो मलाई बाेलकाे गित युटुबकाे ट्रेनिङमा पर्न सफल भएकाे छ । गाउँघरमा बाेलिने ठेट भाषालाई शब्दमा उतारेरआज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा केही परिमार्जन सहित बजारमा सार्वजानिक गरिएकाे हाे । गीतमा गाउँले युवति लाहुरेको माया जालमा फसेको कथालाई उठान गरिएको छ । गायिका… पुरा पढौ

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने , निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गर्नुभयो । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ… पुरा पढौ

उद्योग वाणिज्य संघको पहलमा निसी र तमानका अग्नी पिडितलाई राहत वितरण

बागलुङ उद्योग वाणिज्य संघको पहलमा जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका अग्नी पिडितलाई राहत सामग्री वितरण गरेको छ । कालीका भगवती गुठी र विभिन्न व्यवसायीहको सहयोगमा संकलन भएको खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको हो। बागलुङ उद्योग वाणिज्य संघको सचिवालयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको रोहवरमा संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र महासचिव ऋषिराम गौतमले निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याललाई हस्तान्त्रण गर्नु भएको थियो ।… पुरा पढौ

गुणस्तर तथा नापतौल कार्यालय पोखराको डोरटोली बागलुङमा

बागलुङका व्यावसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । उद्योग वाणिज्य संघ बागलुङको संयोजनमा नापतौल कार्यालय पोखराका प्रतिनीधिहरुको रोहबरमा नापतौलका सामान पुनः प्रमाणित गरिएको हो । जिल्लाका व्यवसायीले बागलुङ उद्योग वाणिज्य संघको सचिवालयमाआफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका छन् । जेठ १बाट सुरु भएको नापतौलका सामग्री परिक्षण शिबिर बिहिबार सम्मको लागि आयोजना गरिएको भएपनि समय १ दिन थप गरिएको हो । जिल्लामा नाप तौलको कार्यालय नहुँदा हरेक उद्योग तथा व्यवसायीहरु पोखरासम्म… पुरा पढौ