संसद्को चालु अधिवेशन अन्त्य

-


     हिडन खबर    
     भाद्र ३१ गते २०८१ मा प्रकाशित


काठमाडौँ – संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आजै राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य भएको बताए।

सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए।

प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ।

जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय ६ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताए।