
केपि कुमार जलन/ बागलुङ
बागलुङका एक युवाले साेनम केसीले गिनिज बुकमा रेकर्ड राख्न सफल भएका छन् । गितकाे भिडियाेग्राफर गरे बापत युके बाट GUINNESS WORLD RECORD काे प्रमाणपत्र पाउन सफल भएका छन ।
गत जेठ ६ गते वाइल्ड डान्स क्रीउका सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापथ्थर ५६४१ मिटर उचाईमा डान्स गरेर विश्व कृतिमान राख्दा बागलुङका दि गोल्ड स्टुडियोका सोनम के सी संगै सौगात कार्किले सबै भन्दा उचाईमा पुगेर डान्स भिडियोलाई क्यामरामा कैद गरि विश्व कृतिमान राख्न सफल भएका हुन।
बागलुङमा यसरी गिनिज बुकमा रेकर्ड गराई प्रमाणपत्र प्राप्त गर्ने तेस्राे ब्यक्ति भयकाे साेनम कि दिदी लक्ष्मी राेका क्षेत्रिले जानकारी दिनु भयाे ।
याे सफलताले परिवारमा ठुलाे सफलता मिलेकाे भन्दै साेनमकि आमा गाेमा खत्रिले सामाजिक संजालबाटै शुभकामन दिनु भयकाे छ ।










