समाचार

अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइपफस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

काठमाडौं, । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ । यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत… पुरा पढौ

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर, २० माघ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताउनुभयो । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित… पुरा पढौ

प्रधानमन्त्रीद्वारा रौतामाई पालिकाभवन उद्घाटन, जनताले सर्वसुलभ सेवा पाउनुपर्छ : प्रधानमन्त्री

उदयपुर, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन रु सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । साे अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा… पुरा पढौ

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

सिन्धुली, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र… पुरा पढौ

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

सिन्धुली, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । पुरा पढौ

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्न तथा… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी टाेलीले जिल्लाकाे ताराखाेला गाउपालिका १ भुस्कात घर बताउने ४४ बर्षिय गुरूङलाइ लुकीछिपी हिडिरहेकाे समय माघ १७ गते पक्राउ गरेको सुुचना अधिकारी मदन केसीले बताए ।

यहीँ माघ ७ गते बागलुङको मध्यपहाडी राजमार्गमा कार्यालय जान हिडिरहेका स्वास्थ्यकर्मी केसीलाई बिच सडक राेकेर हेल्मेट खाेली कालाेमाेसाे दलेर अभद्र ब्यवहार गरेकाे भन्दै प्रहरीले अनुसन्धान गरि पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बागलुङमा म्याद थप गरेको जनाएको छ। पुरा पढौ

५० लाख लिएर एमडि पास गराउने गाेरख धन्दा जारी ?

काठमाडौं / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अन्जनी कुमार झा र उनका बहिनी ज्वाइँ तथा मिस्राको  मिलेमतोमा विभिन्न क्षेत्रमा रहेका बिद्यार्थीहरुबाट करोडौं रुपैया असुली गरि ठगी धन्दा मचाउदै छन् । बितेको दुई तीन दिनमा भारतको बिहार राज्य सितामडीघर भएको नातेदार पर्नेबाट जनही रु ५० लाखको दरले रकम असुली गरि नातेदार दलाल मार्फत बाट १५ करोड पैसा असुल गरेको छ । त्यो पैसा निजले डा अन्जनी कुमार झा को sos कलेजको घरमा नै लगेर दिएको जानकारी प्राप्त भएको छ र यस्को… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ मा हाट बजार

काठमाडौं /ब्यापारी ब्यवसायी उद्योगीहरू ब्यापार नभएकाे भनेर निराश बनिरहेको बेला स्थानीय तहले भएका उद्यमी ब्यवसायीलाइ हाैसला प्रदान गर्ने उदेश्यले हाट बजारको संचालन गरेको छ ।हाट बजार लाइ ब्यवस्थित रूपमा संचालन गर्न शुरू गरेपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित बनेका छन् । देशमा राेजगारी नभएको भन्दै सयौं युवा जनशक्ति हरेक दिन बिदेश तर्फ पलायन भइरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादन गर्ने उद्यमीलाइ हाैसला दिने उदेश्यका दुई दिने हाट बजार संचालन गरिएको छ ।  स्थानीय उत्पादनकाे बजारीकरण गर्ने देखि… पुरा पढौ

कालीगण्डकीका बिद्यार्थी बनाए अन्नबाट सात प्रदेशकोनक्सा

बागलुङ / देश संघीयतामा गएको कुरा तपाईं हामीलाई थाहा भए कै बिषय हाे सात प्रदेशको नक्सा पनि बजार तपाईं हामीले देख्ने र हेर्ने माैका नपाएका हैनाै ।अहिले बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीले हाम्रो घर गाउँमा पाइनेअन्नकाे प्रयाेग गरेर सात प्रदेशको नक्सा बनाएर देखाएका छन् । कक्षा ९ मा अध्ययनरत संगम क्षेत्री ,गरीमा जीसि ,सुहनी राजभण्डारी ,राेजिस्मा राजभण्डारी कक्षा ७ मा अध्ययनरत सुजल शाक्य ,अनुप घर्ती ,आदित्य राजभण्डारीले नेपालकाे नक्सा र सात प्रदेशको नक्सा नयाँ कलात्मक ढंगले बनाएको… पुरा पढौ