मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च द्वारा श्रीकृष्ण आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

-


     हिडन खबर    
     जेठ ११ गते २०८१ मा प्रकाशित


बागलुङ / सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीलाई अध्ययन अध्यापनमा सहयोग पुर्‍याउने हेतुले मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्चको आयोजनामा श्रीकृष्ण आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डेलि स्टेशनरी सप्लार्स काठमाडौको सहयोग , सिजन स्टेशनर्स बागलुङको समन्वयमा श्रीकृष्ण आधारभूत विद्यालयमा एक कार्यक्रमका बिच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरियो ।

साे अबसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पुर्व सभापती जब्बर बहादुर लामिछानेले यी दुई सस्थाले गरेको कार्यले समाजमा सकारात्मक सन्देश गएको चर्चा गर्दै सहयोग गर्नेडेलि स्टेशनरी सप्लार्स काठमाडौ
लाइ धन्यवाद दिनुभयो।

कार्यक्रममा युबा उद्यमि ब्यबसयी लायन्स नारायण आचार्यले सस्थाका कार्यले परोपकारको भावना जागृत गरायको बताउदै सस्थाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

शैक्षिक सामाग्री हस्तान्तरण को बारेमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाले प्रकाश पार्नु भएको कार्यक्रम सेवा समाज तथा विद्यार्थी मञ्चका अध्यक्ष जिबन नाथ शर्मा रेग्मिको अध्यक्षता ,मञ्चका महासचिव आनन्द प्रसाद रेग्मिको संचालन तथा सस्थाका सल्लाहकार धरणीधर सापकोटाकाे स्वागतमा सम्पन्न भएको थियो ।