पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६४ जनाले लिए सेवा

-


     हिडन खबर    
     जेठ १२ गते २०८१ मा प्रकाशित


बागलुङ /पाठेघरको  जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।धौलागिरी अस्पताल बागलुङको आयोजना र काठेखोला गाउँपालिका बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षतेमा पाठेघर तथा आङ खसेका महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।

शिविरमा ६४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो जसमा ४ जना महिलालाई धौलागिरी अस्पताल बागलुङमा सल्यक्रिया हुने भएको छ ।

शिविरमा प्रमुख कन्सल्टेन्ट गाइनोकाेलोजिस्ट डा. श्री रेखा पौडेल, कन्सल्टेन्ट गाइनाेकाेलाेजिस्ट डा. श्री विजय ओझा, consultant जनरल सर्जन डा. दिपेन्द्र शर्मा, कन्सल्टेन्ट एनेस्थेसियाेलाेजिस्ट डा. श्री अमित ढुङ्गाना, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक श्री देवी भट्टराई, हेल्थ असिस्टेन्ट कमल ओली फार्मेसी सहायक दिपेन्द्र पुन, अस्पताल नर्सिङ निरीक्षक रोबिना शाक्य नर्सिङ स्टाफ राधिका के.सी.,सरिता गुरूङ लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियोे ।

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम गरेको कारण बेलाबेलामा शिविर राखेर उपचार हुदै आएको छ ।