
काठमाडौं /चर्चित गायक राजु परियार र लाेक दाेहाेरी गायिका बिन्दा परियारकाे नैना रेशम बाेलकाे लाेक दाेहाेरी गीत बजारमा सार्वजनिक भएको छ।
माया प्रेम एक अन्तरंग लाई टपक्क टिपेर सर्जक शिव हमालले शब्द काेरेकाे गितमा एक अर्काले माया गरेकाे र जिबनभरी साथ नछुटने कसम खायकाे युवा जाेडिकाे प्रेम कहानिलाई चित्रण गरिएकाे छ ।
प्रदिप अधिकारीको संगीत लोकप्रिय गायक राजु परियार बिन्दा परियार र कमला गैरे थापाको आवाज रहेकाे छ ।भिडियाेमा बिजय पुन र रजनि गुरूङकाे दमदार नृत्य रहेकाे छ ।
मौसम हिमालीकाे निर्देशन मनाेज उप्रेतीकाे छाँयाङकन र मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो प्रदिप अधिकारीको अफिसियल युटुबबाट बजारमा पठाईएको छ ।









