समाचार

तमानखोला गाउँपालिकामा शैक्षिक तालिम तथा कार्यशाला सम्पन्न

बागलुङको तमानखोला गाउँपालिकामा शैक्षिक तालिमतथा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना बुधबार एक दिने इमिस तालिम तथा कार्यशाला सम्पन्न भएको हो । सो तालिममा गाउँपालिका भित्रका २१ सामुदायिक र २ संस्थागत गरि २३ बिद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षक गरि कुल ४१ जनाको सहभागीता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरेले बताउनुभयो । सरकारले शैक्षिक अभिलेखिकरणलाइ सहज र सरल बनाउन एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) लागू गरेसँगै सम्पूर्ण बिद्यालयहरुले आफ्नो बिद्यालयका सम्पूर्ण अभिलेख आफै… पुरा पढौ

गर्भवती महिलालाई स्वास्थ संस्थामा ल्याउन महिलाको फाेटाे फ्रेम झुण्डाउने ब्यवस्था

राजेशचन्द्र राजभण्डारी सरकारले स्वास्थ संस्थामा ४ पटक गर्भवती जाँच गर्ने महिलालाई भत्ता दिने ब्यवस्था गरेपनि त्यो कुरा प्रभावकारी हुन सकेको देखिदैन ।स्वास्थ संस्थामा गर्भवती चेकजाँच गर्न आउने महिलाको फ्रेम सहितको फाेटाे बनाइ त्यसमा गर्भवती जाँच कुन कुन समयमा गर्ने भन्ने कुरा लेखेर दिने निति बनाउन शुरू गरेको छ । गर्भवती महिला सुरक्षित रूपमा गर्भ जाँच गर्न आउने कम भएकाे भन्दै अबदेखि पहिलोपटक स्वास्थ केन्द्रमा आउने महिलाको फाेटाे फ्रेममा सबै नियम लेखेर दिने निति बनाउन थालेको छ । स्वास्थ्य कार्यालय बागलुङकाे… पुरा पढौ

बागलुङ नगरपालिकाले ९३ प्रतिशत योजना पूरा

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाले आफ्नो कार्यकालको एक बर्ष भित्र ९३ प्रतिशत योजना सम्पन्न गरिसकेको पत्रकार भेटघाट गरि जानकारी गराएका छन् । बागलुङ नगरपालिका भित्र खानेपानीको समस्या यथावत रहेको त्यसलाई अहिलेसम्म समाधान गर्न नसकेको नगर प्रमुख श्रेष्ठले बताए ।बागलुङ नगरपालिका भित्र बनेको सुविधा सम्पन्न बसपार्क संचालन गर्न नसक्दा ठूलाे समस्या आएको पत्रकार भेटघाटमा श्रेष्ठले बताए ।बागलुङ नगरपालिकाकाे आफ्नो भवन नहुदा सेवा प्रभावकारी रूपमा दिन नसकेको हुदा भवन बनाउन जग्गा ब्यवस्थापन गर्ने कार्यमा जुटिरहेको अहिले आफ्नो भवन… पुरा पढौ

बिश्व रेडक्रस दिवस , बागलुङमा रगतको अभाव हुन नदिन रक्तदान

रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस सोसाइटी बागलुङले बिश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपरोस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै रेडक्रस दिवस रक्तदान गरेर मनाइयो । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस विशुद्ध… पुरा पढौ

रेडक्रस बागलुङद्वारा युवा रेडक्रस सर्कल गठन सुरु

जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारासाथ गठन भएको मानवीय संस्था बिश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले जुनियर युवा रेडक्रस सर्कल गठन सुरु गरेको छ । बिश्व रेडक्रस दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरि जुनियर रेडक्रस सर्कल गठन प्रारम्भ गरेको छ । जिल्लामा भएका सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा रेडक्रसको पहुँच पुर्याइ बिद्यार्थीहरूलाइ सामाजिक काम कार्यमा समेतअगाडि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताए । कार्यक्रममा… पुरा पढौ

दुर्घटना न्युनिकरण गर्न बागलुङमा ट्राफिक सप्ताह सुरु

बागलुङ दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक विषयमा ट्राफिक सप्ताह कार्यक्रम शुरू गरेको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सबै सामाजिक संघ संस्था सँगको सहकार्यमा सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङ सदरमुकाममा ¥यालीसहित एक समारोह गरि सप्ताह सुरु भएको हो । ट्राफिक सप्ताह सुभारम्भ कार्यक्रममा बोल्र्दैै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले यात्रु, चालक र सडक… पुरा पढौ

बडिगाड गाउँपालिकाद्वारा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

बागलुङको बडिगाड गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाको आयोजनामा शिक्षक सेवा आयोगको प्राथमिक तहको परिक्षामा सहभागी हुन ईच्छुकयुवाहरुलाई लक्षित गरी कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय शिक्षित युवाको विदेश पलायन बढिरहेको एवं शिक्षक सेवा जस्तो प्रतिस्पर्धात्मक सेवामास्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु पालिका बहिर बुटवल, काठमाडौं, पोखरा जानुपर्ने एवं धेरै शुल्कबुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरि नशुल्क रुपमा कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  तयारी कक्षा भौतिक उपस्थिती एवं अनलाईन दुबै बिधि मार्फत हुने गाउँपालिकाका शिक्षा अधिकृत पुरन घर्तीले बताउनुभयो |  १५ दिनसम्म सञ्चालन हुने कक्षाले शिक्षाको क्षेत्रमा विद्यमान शैक्षिक बेरोजगारीको अन्त्य एवं शिक्षामायुवाको आकर्षण बढाउन सहयोग पुग्ने शिक्षा शाखा प्रमुख समेत रहेका घर्तीले बताउनुभयो | हिजो शनिवारदेखि सञ्चालन भएको तयारी कक्षा बिहान ७ बजेदेखी ९ बजेसम्म र साँझ ५ बजेदेखी ७बजेसम्म भौतिक रुपमा र ८ बजेदेखी ९ बजेसम्म अनलाइन कक्षा सञ्चानल गरिने गाउँपालीकाका प्राविधिक सहायक कुलराज घिमिरेले बताउनुभयो |   तयारी कक्षामा सहभागीलाई दैनिक खाजा, हेन्सआउट, पुस्तकको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो |  तयारी कक्षामा पालिका भित्रका ३५ जना युवाहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ | विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु पनि सञ्चालन गरिने गाउँपालिकालेजनाएको छ। पुरा पढौ

लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्नु व्यवसायीहरुका लागि दुखद : अध्यक्ष ढकाल

बागलुङ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्नु उद्योगी व्यवसायीहरुको लागि चुनौती रहेको बताउनु भएको छ । बागलुङ उद्योग बाणिज्य संघको ५९ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै ढकालले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्ने स्थिति उद्योगी व्यवसायीहरुका लागि दुखद भएको बताउनु भयो । हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा समस्या रहेको बताउनु भयो । अहिले देखिएको आर्थिक संकटमा सरकार र… पुरा पढौ

सिवाईसी साकोसका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्नुका साथै सहकारीमा सुशासन कायम गर्नु क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटनको अवसरमा बोल्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले दक्ष कर्मचारी विना वित्तिय सस्था सुदृढ हुन नसक्ने भएकोले कर्मचारीमा दक्षता अनिवार्य रहेको बताउनु भयो । सहहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा सहकारीका… पुरा पढौ

३१ लाख संकलन गर्दै सापकोटा कुल देवता धार्मिक संस्थाको आयोजनामा भएको पितृ सप्ताह सम्पन्न

बागलुङ सापकोटा कुल देवता धार्मिक संस्था बागलुङ नगरपालिका वडा नम्बर ५ बान्द्रेको आयोजनामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् कूलपूजा सम्पन्न भएको छ । ७ दिनसम्म संचालन भएको महायज्ञबाट ३१ लाख २१ हजार १ सय ३६ रूपैयाँ नगद सहयोग संकलन भएको छ । प्रत्येक वर्ष गरिने नित्य पूजा र हरेक ५ वर्षमा सापकोटा बन्धुहरूले महायज्ञ लगाउदै आएका छन् । बैशाख १६ गतेदेखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरि सप्ताहको अन्तिम दिन आफ्नो कुल पित्रीको सम्झनामा सामुहिक रूपमा कूल… पुरा पढौ