आरति साहको मृत्यु प्रकरण बारे प्रधानमन्त्री संग परिवारकाे भेटघाट

-


     रमेश लुइँटेल     
     फागुन ८ गते २०८० मा प्रकाशित


काठमाडौं / आरती साह मृत्यु प्रकरणका परिवारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सग बालुवाटारमा भेटबार्ता गरेका छन् । भेट्बार्तामा दोसिलाइ कारबाही गर्ने र न्याय दिलाउने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएका छन ।

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरी आरती साहको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै राजधानीमा रिले अनशन बसिरहेका छन् ।

माइतिघरमा ०८० असार १ गतेदेखि रिले अनशन बसिरहेका आरतीका बुबा विनोदप्रसाद, काका, दाजु, भाइ र मामा लगायतले आफ्ना लागि न्याय मरिसकेको र सरकार नभएको आभास भएकाले कपाल मुण्डन गरेर बिराेध जनाइ सकेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी २३ वर्षीया आरती साह ०८० जेठ ७ गते पतिको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोको निहुमा कुटपिट गरेर हत्या गरिएको भन्दै घटनाबारे छानबिनको माग गर्दै आरतीको परिवार सातमहिना देखि माइतिघर मण्डलामा रिले अनशन बस्दै आएका परिवार सरकारले निषेधाज्ञा जारी गरेपछि अन्यत्र बस्दै आएका छन् ।