
काठमाडौ / बागलुङ अदालत चौतारी देखि तित्याङ,भकुण्डे,रायडांडा हुदै शान्तिपुर जाेड्ने एडिबि अन्तर्गतको आरसिआइपि परियोजनाको मोटरबाटोको टेन्डर भइसकेर पनि काम अगाडि बढ्न सकेको छैन ।
साे रणनैतिकाे सडक टेन्डर भएपनि ठेक्दार कम्पनिसंग सम्झौतामा ढिलाई भएको भन्दै आरसिआइपि कार्यालयका डिजी प्रेमदत्त भट्ट र सिनियर डि.इ.सागर नेपालसंग गण्डकी प्रदेश सरकारका माननीय उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले जानकारी लिनुभएकाे थियो ।
गण्डकी प्रदेशका मन्त्री थापाले राजधानीमा आएर आफ्नो जिल्लाकाे विकास निर्माणमा चासो राखेपछि सडककाे काम समयमै शुरूवात हुने विश्वास गरिएको छ ।
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा आएको ६ बर्ष बितिसक्दा समेत नेपालकाे विकास निर्माण गर्ने विधि प्रक्रिया अझैसम्म पुरानो ढाँचाले चलिरहेको कारण राजधानीमा गएर दबाब दिनुपर्ने क्रम अझै बाकी रहेको देखिन्छ ।











