बागलुङ सदरमुकाममा ‘सेभेन स्टेट फूड मार्ट’ सञ्चालनमा

-


     राम शरण पाेखरेल     
     फागुन ७ गते २०८० मा प्रकाशित


बागलुङ /गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा ‘सेभेन स्टेट फूड मार्ट’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

यसभन्दा पहिले पोखराका विभिन्न ७ ठाउँमा ‘सेभेन स्टेट’ले सेवा संचालन गरेको थियो ।

पानी पुरी र चटपट रेष्टुरेण्टको मुख्य विशेषता रहेको छ भने नेपालमै पहिलो पटक मेसिनको माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँनेछन् ।

रेष्टुरेण्टको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले गरेका थिए ।कंडेलले युवाहरु बिदेश जाने लहर चलिरहेका बेला रेस्टुरेन्ट संचालन गरि नेपालमै ब्यवसाय सुरु गरेकोमा प्रसंशा गरेका थिए ।

करिब १० लाखको लगानीमा बाग्लुङ बजारको धौलागिरी चोकमा रेष्टुरेण्ट संचालन गरिएको संचालक किशोर सापकोटा र सुनिल सापकोटाले बताए । उनिहरुले ‘सेभेन स्टेट’ मा पानी पुरी र चटपट बाहेक फास्टफुडका सम्पूर्ण परिकार उपलब्ध रहेको र मुल्य पनि सस्तो रहेको बताए ।

रेष्टुरेण्टले टेक वे सेवालाई समेत प्राथामिकतामा राखेको संचालकको भनाई छ । ग्राहकलाई आवश्यक पर्ने फास्टफुड शिघ्र उपलब्ध गराउने उद्देश्यका साथ रेष्टुरेण्ट संचालन गरिएको संचालक द्वय सापकोटाले बताए ।
संचालकका अनुसार बागलुङमा संचालित ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा अहिले ६ जनाले रोजगार पाएका छन् ।

पोखराबाट सुरु गरिएको रेष्टुरेण्टलाई नेपालका अन्य शहरमा समेत संचालन गर्ने लक्ष्य रहेको सापकोटाले बताए ।