चित्रबहादुर बुढाथोकी त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपति

-


     हिडन खबरदाता     
     फागुन ८ गते २०८० मा प्रकाशित


काठमाडौ / त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेकोमा छ त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।

३ जना प्रतिस्पर्धामा रहेकोमा बुढाथोकी उपकुलपतिमा नियुक्त भएका हुन् । प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिस गरिएको थियोे । प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा सिफारिस समितिले बढी अंक प्राप्त गर्ने ३ जना बुढाथोकी, बराल र धमलाको नाम उपकुलपतिमा नियुक्तिका लागि प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालसमक्ष पेस गरेको थियोे । सिफारिस गरेकामध्ये एकजना उपकुलपतिमा नियुक्त हुनेछन । 

अहिले उपकुलपतिमा नियुक्त भएका बुढाथोकी बागलुङ जिल्ला निवासी हुन् ।

त्रिभुवन बिश्वबिद्धालयमा राजनीति खिचातानीका कारण लामो समयदेखि उपकुलपति नियुक्ति हुन नसक्दा पठनपाठन देखि परीक्षा प्रणालीमा समेत समस्या आएको थियो ।