समाचार

भुकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारको लागि रक्तदान

बागलुङ ,भुकम्प प्रभावित क्षेत्रका घाईतेहरुकाे उपचारको लागि रगत आवश्यकता लाई पुर्ति गर्न बागलुङ उच्च अदालत बार एशोसिएशनद्वारा रक्तदान कार्यक्रममा गरियो ।बागलुङका कानुन ब्यबसायीहरुले एक कार्यक्रम गरिरक्तदान गरेको हुन् । नेपाल रेडक्रस सोसाईटी बागलुङ मार्फत उक्त रगत प्रभावित क्षेत्रमा पठाउने ब्यबस्था मिलाईएको उच्च अदालत बार एशाेसियशनका अध्यक्ष रमेश बहादुर खड्काले बताए । नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रले संकलन भएको रगत भुकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारको लागि पठाउने जनाएको छ। पुरा पढौ

चाडपर्व लक्षित चेकिङ २८ हजार राजस्व संकलन

बागलुङ ,चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी चेकीङ छ । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने ४९ वटा सवारी साधनहरुलाई कारबाही गरी रु. २८ हजार ५ सय जरिवाना गरेकाे जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए । बागलुङ न.पा. १ मालढुंगा,बागलुङ न.पा.३ रातमाटा, बागलुङ न.पा. ४ सल्लेरी, काठेखोला गा.पा. २ अक्षेते बजार ,ढोरपाटन न.पा. १ बुर्तिबाङ बजार, बडीगाड गा.पा. २ हाँडीखोला बजार, बडिगाड… पुरा पढौ

चन्द्रागिरिमा ३ दिने झिलिमिलि हाट बजार संचालन हुने

काठमाडौ ,ऐतिहासिक सांस्कृतिक नगरी समृद्धि पर्यटकीय चन्द्रागिरि भन्ने मुल नारासाथ आर्थिक मन्दिले निरास भएका ब्यबसायि लाई हाैसला प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ काे आयोजनामा ३ दिनेझिलिमिली हाट बजार संचालन हुने भएको छ । चन्द्रागिरि वडा नम्बर ६ र ७ वडा कार्यालय प्रांगण नजिकै झिलिमिलि हाट बजार कार्तिक २३,२४,र २५ गते भब्य रूपमा संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए । झण्डै दुई बर्ष काेराेनाले थप्प भएको ब्यापार… पुरा पढौ

पुरानो इतिहास बोकेको फल्चा निर्माण सम्पन्न

काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरपालिका भित्र पहिलोपटक पुरानो इतिहास बोकेको फल्चाको निर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर एरियामा पुरानो कलात्मक शैलीमा नेपाली माैलिकता झल्किने गरि फल्चा निर्माण गरिएपछि यश क्षेत्रकाे वातावरण सुन्दर देखिएको वडा अध्यक्ष सराेज ढकालले बताए ।शान्तिनगर क्षेत्रमा काठमाडौं कै नमुनाकाे रूपमा यस्तो खालको फल्चा अरू पनि निर्माण गर्ने योजना रहेकोवडा अध्यक्ष ढकालले बताए । पुरानो कलात्मक शैलीमा निर्माण भएको फल्चा यतिबेला सबैको आकर्षणकाे केन्द्र बनेको छ ।जेष्ठ नागरिकलाई बिहान… पुरा पढौ

बुर्तिबाङमा ट्याक्सी दुर्घटना २ जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती १० बजे मध्ये पहाडी लोकमार्ग अन्तरगत ढोरपाटन-२ मा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परि ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका- २ का २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ का ३२ बर्षिय अस्विन परियार रहेको प्रहरीले जनाएको छ | पुन ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् । ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको… पुरा पढौ

आरती साहलाई न्याय माग्दै १४४ दिनदेखि माइतीघर मण्डलामा

काठमाडौ आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज १४४ दिन पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो। आरती साहको न्यायको लागि विभिन्न राजनीति पार्टीमानवअधिकार संघसंस्थाले धर्ना स्थलमा पुगेर एकेवद्वता जनाउने क्रम बढेर गएको छ ।आज माइतीघर मण्डलामा पुगेर विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएका थिए । जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले… पुरा पढौ

बागलुङ बरेङमा एकघरमा आगलागी

बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबाँस्कोट अयरपानीमा आईतबार बेलुकी आगलागी हुँदा खरको छानो भएको १ घर जलेर नष्ट भएको छ । अयरपानी निवासी भिम बहादुर थापाको घरमा आईतबार बेलुकी करिव १० बजे तिर आगलागी हुँदा घर पूर्ण क्षेती भएको र अन्य मानविय क्षेती नभएको ईलाका प्रहरी कार्यालय बरेङले बताए । बेलुकी नै स्थानीय तथा सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । आगलागीमा खाद्यान्न लत्ता कपडा लगायतको सामान जल्दा करिव १ लाख ५० हजारको क्षेती भएको पनि जनाईएको छ… पुरा पढौ

जाजरकोट र रूकुमका भुकम्प पीडितलाई सहयोग घाेषणा

जाजरकोट र रुकुम भुकम्प पिडितहरुलाई सहयोग गर्ने उदेश्य साथ विभिन्न संस्थाहरूबाट नगद सहयोगको घोषणा गरिएको छ । भाटभाटेनीका संचालक मिनबहादुर गुरुङद्वारा रू १ करोड ११ लाख ११ हजार सहयोग घोषणा गरिएको छ ।.यस्तै नेकपा एमाले रू १ करोड , नेपाली कांग्रेसको रू ५० लाख , बुद्ध एयरले रू १ करोड मित्र राष्ट्र चीनद्वारा रू १० करोड , रास्वपाले रू ५० लाख सहयोगको घोषणा गरेका छन् ।यस्तै गरि अर्ना बियरले रु २५ लाख एनसीएलले रू ५० लाख नेविसंघले रू ७ लाख… पुरा पढौ

काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।  उहाँ  विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गर्नुभएको पनि सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।    मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पमा परि शनिबार विहानसम्म जाजरकोट र रूकुम पश्चिममा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।  पुरा पढौ

मध्यरातमा गएको भुकम्प बाट ठूलो धनजनको क्षति

मध्यराती जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पले ठुलो जनधनको क्षती हुन पुगेको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित दर्जनौंकाे मृत्यु भएको विवरण प्राप्त भएको छ ।त्यस्तै भुकम्पमा परी थुप्रै नागरिक घाईते भएको छ । विवरण अनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको प्रहरीले जनाएको छ । नेपाल सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो… पुरा पढौ