बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     चैत्र १९ गते २०८० मा प्रकाशित


बागलुङ / श्री कृष्ण आधरभुत बिधालय बागलुङले शिक्षक सेवा आयोगले लिएको आन्तरिक बढुवा लिखित र अन्तरबार्ता दुबैमा सफल भएका शिक्षकलाई सम्मान गरेको छ ।

बागलुङ जिल्ला बाट प्राथमिक तह दृत्तिय श्रेणीमा बढुवाको लागि सिफारिस हुनुभएका शिक्षक घनश्याम रिजाललाइ
बिद्यालयमा एक कार्यक्रम गरि सम्मान गरेको हाे ।

बिधालयमा कार्यरत शिक्षक कर्मचारीले एक कार्यक्रमको आयोजना गरि बिधालयका प्रधानाध्यापक दयाराम सापकोटाले अबिर र खादाले सम्मान गर्नुभएको थियोे । कार्यक्रममा सम्माननित हुनभएका शिक्षक घनश्याम रिजालले यो सफलता आफ्नो मात्र नभएर सम्पुर्ण बिधालय परिवारको गाैरब भएको बताउदै आगामी दिनमा थप प्रतिबद्ध भएर शिक्षण सिकाइमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।