बागलुङ नगरपालिकाकाे भवन आफै प्रयोग गर्न स्थानीयले बुझाए ध्यानाकर्षण पत्र

-


     हिडनखबरदाता     
     चैत्र १९ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ नगरपालिकाको भवन उदेश्य अनुरूप
प्रयोग नभएको भन्दै जुन उदेश्यकाे लागि बनेको साेही अनुसार प्रयोग हुनुपर्ने भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटामा बनेको भवन जुन उद्देश्यको निम्ति बनेको हो सोही उद्देश्यको निम्ति नै प्रयोग भएर यसको सदुपयोगितामा ध्यान जाओस भनेर रातमाटा बिकास समाजसहित समग्र रातमाटा बासिहरुको तर्फबाट नगरपालिकाका उपमेयर राजु खड्कालाइ १०६ जनाको सामुहिक हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाएकाे बागलुङ नगरपालिका ३ का साेम शर्माले बताए ।

जनताको कर बाट निर्माण भएको नगरपालिकाकाे आफ्नो भवन हुदाहुदै अन्यत्र गएर कार्यालय संचालन गर्दा स्थानीय लाइ सेवा लिन गार्‍हो हुनुका साथै जुन प्रयाेजनकाे लागि भवन बनेको हाे साे अनुसार प्रयोग नहुनु दुखद बिषय भएको भन्दै नगरपालिकाकाे ध्यानाकर्षण गराएको शर्माले बताए ।

झण्डै करिब १० करोड लागतमा नगरपालिकाकै निम्ति बनेको उक्त भवनमा बागलुङ नगरपालिका बस्न नसक्ने भन्दै केही समय अगाडि सदरमुकाममा रहेको तत्कालीन कृषि विकास कार्यालयको भवनमा जबर्जस्ती रूपमा बस्दै आएको छ ।बागलुङ नगरपालिकालाई आफ्नो भवन छाेड्न कृषि ज्ञान केन्द्रले पटकपटक अनुरोध गरेपनि नगरपालिकाले त्यसको वास्ता गरेको देखिदैन ।

बागलुङ नगरपालिकाकाे सुविधा सम्पन्न भवन एक बर्षदेखि सशस्त्र प्रहरी बल नेपाल बस्दै आएको छ ।उक्त भवन बागलुङ नगरपालिकाले सशस्त्र प्रहरीलाई बस्न दिएपछि स्थानीयले साे ठाउँमा नगरपालिका नै बस्नुपर्ने भन्दै माग गर्दै आएका छन् ।

बागलुङ नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले सशस्त्र प्रहरी बल नेपालकाे लागि बागलुङ नगरपालिका ४ मा रहेको कित्ता नम्बर ५९४ नम्बरको जग्गा उपलब्ध गराउने जिल्ला विपद ब्यवस्थापन समितिकाे बैठकले निर्णय गरेको छ ।