समाचार

अखिल नेपाल महिला संघको अध्यक्षमा लक्ष्मी बाेहाेरा चयन

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलन बाट लक्ष्मी बाेहाेराकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट . उपाध्यक्षमा चित्रा श्रीस .र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,काेषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् । जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी… पुरा पढौ

४६ थान मानव कंकाल सहित भारतीय डाक्टर पक्राउ

विराटनगरबाट एक जना भारतीय डाक्टर मानव कंकालसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हा रहेका छन् । उनलाई मङ्गलबार विराटनगर–१५ स्थित मुख्य रानीभन्सार नाकाको १ नम्बर ढाटबाट सिन्हालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले मानव कंकाल सहित पक्राउ गरेको हो । सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी… पुरा पढौ

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, राप्रपाले सुर्य चिन्ह लिएर उठ्ने

राजनीतिमा सबै कुरा जायज भन्ने उखान यसपालि फेरि प्रमाणित भएको छ ।नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,राष्ट्रिय जनमाेर्चा ,र जनता समाजवादी पार्टीको ५ दलिय गठबन्धनकाे चर्काे बिराेध गर्दै आएको नेकपा एमालेलेस्थानीय चुनावमा राप्रपा कमल थापा संग केन्द्रीय रूपमै गठबन्धन गरेर गठबन्धनकाे संस्कृति लाई सहि सावित गरिदिएका छन् । नेकपा एमाले र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।नेकपा एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका… पुरा पढौ

अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन शुरू

नेकपा एमाले निकट महिला संघ अखिल नेपाल महिला संघको छैठौं जिल्ला सम्मेलन बागलुङ सदरमुकाममा शुरू भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले निकट भातृ संगठनहरूकाे सक्रियता पनि बढेको छ ।समृद्ध नेपाल सुखी नेपाली निर्माणकाे लागि स्थानीय तह प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चितता भन्ने नारा साथ जिल्ला सम्मेलन शुरू भएको छ । स्थानीय तहदेखि सम्मेलनमा भाग लिन आएका महिलाहरूले बाजा गाजा सहित विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेका थिए । पुरा पढौ

बागलुङमा नयाँ वर्ष विशेष मेला

बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेला सकिए लगत्तै नयाँ वर्ष विशेष कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा आयोजना गरिएको छ ।गुठी युनाइटेड क्लब बागलुङले नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिने सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बागलुङका युवा वर्गलाई लक्षित गरि नेपालका चर्चित राष्ट्रिय कलाकारकाे गीत तथा नृत्य बाट मनाेरन्जन दिने उदेश्यले बागलुङ नगरपालिका १ बाङ्गेचाैरमा कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्ष २०७९ बैशाख १ गतेदेखि ३ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, लाेक दाेहाेरी गीत कार्यक्रममा स्थानीय… पुरा पढौ

महायज्ञकाे तयारी पूरा पाँच ठाउँमा एकसाथ महायज्ञ हुदै

नयाँ वर्ष २०७९ को पावनअवसरमा एकै मितिमा पाँच ठाउँमा महायज्ञ आयोजना हुदै छ । महायज्ञ आयोजक समितिले हिन्दु धर्म र धार्मिक शक्तिपिठहरुको विकास एवं प्रबर्धनका गर्ने उदेश्यले एकै मितिमा धौलागिरी क्षेत्रमा महायज्ञ गर्न लागिएको महायज्ञकाे तयारी पुरा भएको स्वामी कमलनयनाचार्य बताउनुभयो । यहीँ बैशाख १ गतेदेखि ५ गतेसम्म धौलागिरी क्षेत्रका तीन जिल्लाका विभिन्न ठाउँहरुमा पञ्चश्री महायज्ञ आयोजना गरिदै छ । बागलुङ, पर्वत र म्याग्दी जिल्लाका विभिन्न ५ ठाउँमा अवस्थित धार्मिक क्षेत्रहरुमा एकै मिति र समयमा महायज्ञ आयोजना गर्न लागिएको स्वामी… पुरा पढौ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताए । यस्तै सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएकाछन् । पुरा पढौ

बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सम्पन्न

बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सकिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजनामा २४ गतेदेखि शुरु भएको चैतेदशैं मेला सोमबार साँझ समापन गरिएको छ ।मेला समापन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले नेपालकै पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेलाले पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको बताउनुभयो । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा लाग्ने मेला यस क्षेत्रकै चिनारीको रुपमा रहेको बताउनु भयो । बागलुङको पहिचान र जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा मेलाको… पुरा पढौ

काठेखाेला गाउँ पालिकाकाे अध्यक्षमा एमालेका ४ उपाध्यक्षमा २ जनाको दावी

बैशाख ३० गते हुने निर्वाचन नजिकिए संगै राजनीति पार्टीहरू उमेदवार छनाैट प्रक्रियामा अगाडि बढेका छन् ।नेकपा एमाले काठेखोला गाउँपालिकाकाे बैठकले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि दाबेदारहरू काठेखाेला गाउँ पालिकाका वर्तमान अध्यक्ष अमर थापा एमालेका नेता खिमानन्द कँडेल, एमाले गाउँ कमिटी अध्यक्ष ,डिल बहादुर कार्की ,एमाले जिल्ला सदस्य हुमा कुमारी जिसी (अन्जु) रहेका छन् । यसअघि अध्यक्ष पदको दाबी गर्ने वडा अध्यक्ष प्रेम लामिछाने ,दीपक गाैतम ,ले यसपटक आफ्नो दाबी छाेडेपछि काठेखाेलामा एमालेमा ४ जना मात्रै दाबेर बाकी भएकाछन्… पुरा पढौ

बागलुङ नगरपालिका: नगर प्रमुखमा एमालेका ६ जनाकाे दाबी पेश

नेकपा एमाले जिल्ला कमिटी बागलुङमा स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख र उप प्रमुख पदको लागि दाबी प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत बागलुङ नगर पालिकाकाे प्रमुखमा अहिलेसम्म ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर प्रमुखको लागि एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियार, गण्डकी प्रदेश सदस्य गिता शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव सापकोटा, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा र एमाले गण्डकी प्रदेश सदस्य राम शर्माले… पुरा पढौ