
बागलुङ जिल्लाको सदरमुकाममा बागलुङ नगरपालिकाको पहलमा स्थापना गरेको खुल्ला व्यायमशाला एक हप्ता नबित्दै तोडफोड भएकाे छ ।
नगरपालिकाको समन्वयमा विश्वको सबैभन्दा लामो पुल परिसरमा स्थापना गरेको व्यायमशालामा राखिएका सामाग्रीहरु भाँचिएका हुन ।
सार्वजनिक ठाउँमा नागरिकको पहुँच पुग्ने गरि बागलुङ नगरपालिका-१, बाङ्गेचौरको शहिद पार्कमा विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र आर्युवेद विभाग तथा बागलुङ नगरपालिकाको समन्वयमा राखिएका व्यायामशालाका सामाग्री भाँचिएका हुन ।
नागरिकको सुविधाकालागि राखिएका व्यायाम सामाग्री एकहप्ता नबित्दै भाँचिनुले नागरिकहरुमा जिम्मेवारीमा प्रश्न चिन्ह उठेको छ भने निगरानी गर्ने संस्थाको कार्यक्षमता माथि समेत शंका उत्पन्न भएको छ ।
सार्वजनिक ठाउँमा राखिएका सामाग्रीको हेरचाह र जतन हुनुपर्नेमा तोडफोड हुँदा सम्बन्धित निकाय भने बेखबर छन ।









