बागलुङ बजारमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्यो

-


     हिडन खबर    
     चैत्र २४ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका भित्रका सडक कालोपत्रे भत्किएको भन्दै सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम बढेर गएको छ । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले मुख्य बजारको काम गर्ने मजदुर कम खटाइएको कारण काममा ढिलासुस्ती हुन जादा बजार अस्तब्यस्त बनेको छ ।


बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएपछि बागलुङ बजार भित्र जताततै सडक खनेर खाल्डाखुल्डी पारिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक देखि वडा नम्बर २ हल्लन चोक ,धौलागिरि चोक भित्रका मुख्य सडक भित्र ठुलो खाल्डाखुल्डी पारिएको कारण सडकमा सवारीसाधन चलाउदा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले कामको जिम्मेवारी लिएर सहि ढंगले काम नगर्दा बजारमा समस्या सृजना भएको नगरवासीको भनाइ छ । नत प्रशासन छ नत स्थानीय सरकार नै कोहीपनि जिम्मेवार नबनेको कारण बागलुङ बजारमा सडक अस्तब्यस्त बनेको दिनहुँजसो सवारीसाधन दुर्घटनाको जोखिम मोलेर हिड्ने गरेको स्थानीय प्रेमलाल गौतमले बताए ।
बागलुङ नगरपालिकाले नगर भित्रका सडकमा भएको खाल्डाखुल्डी पुर्न १ करोड ४८ लाखको टेण्डर गरेकोमा १ करोड ३२ लाखमा ठेक्का सम्झौता भइ असार सम्ममा काम सम्पन्न गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख्र प्रशासकीय अधिकृत पुरूषोत्तम बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि ठूलो योजनाको सतह ढल निर्माण गर्ने भनेर बिग्रेको सडक पुर्वाधार नबाइकन बसेको नगरपालिकाले ढल बनाउने योजना कार्वान्यन गर्न नसकेपछि सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न लागेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका भित्रको बजार क्षेत्रको सडक गतबर्ष गुणस्तरीय नबनाएको कारण ठाउँ ठाउँमा भत्किएपछि सडक निर्माण गर्न नगरवासीले पटकपटक ताकेता गरेपछि बागलुङ नगरपालिकाले सडक मर्मतसम्भार गर्न टेण्डर खोलेपनि ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा बागलुङ बजारको सडकमा दुर्घटनाको जोखिम बढेर गएको छ ।