समाचार

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उप-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई रु.१७ लाख भन्दा बढी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको… पुरा पढौ

प्रेस युनियनका महासचिव पौडेललाई गृह जिल्लामा सम्मान

नेपाल प्रेस युनियनको नवौ महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेललाई गृह जिल्ला बागलुङमा बधाई तथा सम्मान गरिएको छ । युनियन बागलुङ शाखाका पुर्व अध्यक्ष समेत रहेका पौडेल सँगै धौलागिरी क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित धुव्रसागर शर्मा, माया अधिकारी र साजन परियारलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले पत्रकार समाजको ऐना भएको भन्दै समाजमा रहेका भ्रष्टचार विकृति विसंगतीको पर्दापास पत्रकार र मिडियाले नै गर्न हुँदा कलममा शक्ति भएको बताउनु भयो । खड्काले नेपाली काँग्रेसले नेपालको पत्रकारिता… पुरा पढौ

बागलुङ क्षेत्र-१ (क) बाट एमालेका ५ जना सिफारिस

आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र१ ९क० बाट ५ जना उम्मेदवारी सिफारिस भएका छन्।देशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट प्रदेशसभा सदस्य पदका उमेदवारका लागि जिल्ला पार्टी अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटि सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, प्रदेश कमिटि सदस्यहरिनारायण गौतम,जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा सिफारिस हुनु भएको हो । जिल्ला सचिवालयको वैठकले भदौ १८ गते प्रदेशसभा र १९ गते प्रतिनिधिसभाका लागि… पुरा पढौ

डडेल्धुराकी आरजु राणा बागलुङ क्षेत्र नम्बर २ बाट सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि नेपाली काँग्रेस बागलुङ उम्मेदवा छनौटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारीस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए । बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने माग सहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारीस गरिएको छ । काँग्रेसबाट बागलुङ… पुरा पढौ

बागलुङ क्षेत्र नम्वर १ (क) मा काँग्रेसबाट १६ जनाको नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक्षमा ५ जना र समानुपातिकमा ११ गरी १६ जनाको नाम सिफारिस गरेका छ ।प्रदेश क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ जिल्ला सदस्य जगन्नाथ आचार्य, महाधिवेशन प्रतिनिधि युवा नेता विष्णु पौडेल (दारी) नेविसंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कंडेल, भुपू सैनिक संघका… पुरा पढौ

हिडन खबरको औपचारिक उद्घाटन

सर्वसिद्धी मिडिया प्रालिद्वारा संचालित हिडन खबरको शनिबार औपचारिक उद्घाटन गरिएको छ । बाग्लुङ नगरपालिका ३ मा केन्द्रीय कार्यालय रहने गरी सूचना तथा प्रसारण विभागमा विधिवत् दर्ता भएको अनलाइनको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृृष्ण वस्नेतले औपचारिक उद्घाटनको घोषणा गर्नु भएको हो । भर्चुअल माध्यमबाट उद्घाटन गर्दैै वस्नेतले पत्रकार आचारसंहिताको पालना गरी निस्पक्ष पत्रकारीता आजको आवश्यक्त्ता रहेकोे बताउनु भयो । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको भन्दै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।… पुरा पढौ

हरि-लक्ष्मी नारायण प्रसाद स्मृतिकोषद्वारा ६ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा

हरि-लक्ष्मी नारायण प्रसाद स्मृति कोष बागलुङद्वारा एकजना विद्यार्थीलाई ६ वर्षसम्मकालागि निरन्तर सहयोग गर्ने घोषणा गरिएको छ । कोषले बागलुङ नगरपालिका-७ ढिकिचौर निवासी जेहेन्दार बिद्यार्थी बिनायक शर्मालाई एमविविएस अध्ययन पूरा गर्ने समयसम्म मासिक ५ हजारका दरले सहयोग गर्ने घोषणा गरिएको हो । सहयोग प्राप्त गर्ने शर्माले एमविविएस अध्ययनकालागि नेपाल सरकारको पुर्ण छात्रवृत्तिको २ सय जनामा ८२ औं स्थानमा नाम निकाल्न सफल भएका थिए । अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा नाम निकालेपनि होस्टेल बस्न आर्थिक अभाव भएको थाहा पाएपछि ठुलो सम्भावना बोकेको एक… पुरा पढौ

सुविधासम्पन्न पुस्तकालयमा पाठक छैनन्

१५ आ‌ै राष्ट्रिय पुस्तकालय दिवस देशभर मनाउँदै गर्दा गण्डकी प्रदेशकै सबैभन्दा पुरानो सुविधासम्पन्न सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङमा आएर अध्ययन गर्ने पाठकहरू घट्दै जान थालेको छ । विद्यामन्दिर पुस्तकालयमा मात्र नभएर गाउँ गाउँमा पुस्तकालय खोल्ने क्रम बढेपनि पुस्तकालयमा पाठक भित्र्याउन भने हम्मेहम्मे परिरहेको देखिन्छ । २००७ सालको जनक्रान्ति सफल पार्ने अभियानका साथ गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ सदरमुकाममा २००३ सालमा स्थानीय शिक्षा प्रेमी स्वर्गीय ओमप्रसाद गौचन र मेघकुमार बैधले स्थापना गरेको विद्यामन्दिर पुस्तकालय विगतमा खचाखच पाठक हुने गरेकोमा… पुरा पढौ

अन्तर्राष्ट्रिय बेपत्ता दिवस : बेपत्ता पारिएका ब्यक्तिहरुको स्मरण गर्दै बागलुङ मनाइयो

बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा बागलुङमा अन्तर्राष्ट्रिय दिवस मनाइयको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा बागलुङको आयोजनामा जान्न पाउने अधिकार सुनिश्चितताको लागि अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइयको हो । कार्यक्रममा बोल्ने बक्ताले सशस्त्र द्वन्द्वले शान्तिपूर्ण रूपमा अवतरण गरेको दशकौँ बितिसक्दा पनि बेपत्ताहरूको बारेमा अन्यौलता देखिँदा शान्तिले दिगो रूप लिन नसकेको बताए । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्व सकियपछि विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू सत्तामा पुगेपनि आफैले गरेको हस्ताक्षरलाई सम्बोधन नगरेको गुनासो गरे । शान्ति सम्झौता गर्दा ६० दिन भित्र बेपत्ताको… पुरा पढौ

बागलुङ नगर स्तरीय तिज गित नृत्य प्रतियोगिता सम्पन्न

हरितालिका तिजको अवसरमा बागलुङमा विद्यालय स्तरीय तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका स्तरीय अन्तर विद्यालय खुल्ला तिज गित नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको हो । बागलुङ नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरि २७ विद्यालयको सहभागी रहेको प्रतियोगितामा यु एस एकेडेमीको समुह प्रथम, अमर आदर्श माविको समुह द्वितिय, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको समुह तृतीय र मालिका आधारभूत विद्यालयको समुहले सान्त्वना स्थान प्राप्त गरेको शाखा अधिकृत गौरभ राना मगरले बताउनुभयो… पुरा पढौ