समाचार

लायन्स क्लबकाे पदसस्थापन

बागलुङ ,श्रावण १४ समाजमा रहेका आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरूलाई सक्दाे भाैतिक तथा आर्थिक सहयोग गर्ने उदेश्यले हामी सेवा गर्छाैं भन्ने मुल उदेश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका १० वटा लायन्स क्लबकाे लायन बर्ष २०२२/२३ काे संयुक्त पदस्थापन कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन राजेन्द्र कुमार बाटाजूले लायन्स क्लब अफ धाैलागिरि बागलुङ ,लायन्स क्लब बागलुङ ,लायन्स क्लब अफ बागलुङ सिटी ,लगायतका… पुरा पढौ

मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन निर्माण हुदै

राजेशचन्द्र राजभण्डारी बागलुङ जिल्ला लाई सडक मानवरहित जिल्ला बनाउने अभियान अन्तर्ग ५ बर्ष अघि स्थापना भएको मानव सेवा आश्रमले छाेटाे अवधिमा सबै तह र तप्काकाे सहयोगमा सुविधासम्पन्न भवन निर्माण अभियान अगाडि सारेको छ ।काेही ब्यक्ति सडकमा भाैतारिएर सहारा बिहिन भएर बस्न नपराेस भन्ने उदेश्यले भवन निर्माण अगाडि बढेको छ । बागलुङ जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निर्णय घाटमा ५ राेपनी जग्गामा भवन निर्माण… पुरा पढौ

बागलुङमा ११ हजार भन्दाबढी सवारी चालक ट्राफिक कार्वाही परे

राजेशचन्द्र राजभण्डारी गाउँ गाउँमा सडक बिस्तार भए संगै यातायातका साधन चल्न थालेपछि ट्राफिक कार्वाही पर्ने क्रम पनि बढेर गएको छ ।गण्डकी प्रदेशको दाेस्राे ब्यापारी केन्द्र बागलुङमा सबै प्रकारका सवारी साधन गरि ११ हजार भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा परेका छन्।२०७८ साउनदेखि ०७९ असारसम्म ११ हजार ५ सय ५०जना ट्राफिक कारवाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सवारी नियम उलंघन गर्ने लाई कारवाही थालेपछि सवारी दुर्घटना पनि कम भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए। ट्राफिक कारवाहीबाट आर्थिक बर्ष ०७८/०७९… पुरा पढौ

बागलुङ  बजारमा प्लास्टिक चामल भेटिएकाे आशंका पछि खाध्य गुण नियन्त्रणकाे ध्यानाकर्षण

आम उपभोक्ताले दैनिक भान्सामा पकाउने गरेको चामलको गुणस्तर बारे पटकपटक गुनासो आउने गरेपनि बजारमा सुधार आउन सकेको छैन । जथाभावी रूपमा ब्यापारी ब्यबसायीले  भित्र्याएको चामल यतिबेला फेरि चर्चामा आएपछि खाध्य गुण नियन्त्रण कार्यालय आएर नमुना लिने काम गरेको छ बागलुङ नगरपालिका -२  कमर्शियल बहुउद्देश्यीय  सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली  श्री जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पाेखराबाट टाेली आएर चामलको नमुना लगेको छ । खाध्य गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन… पुरा पढौ

बजारमा मापदण्ड कायमका लागि वडाका जनप्रतिनिधि सक्रिय !

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा मापदण्ड मिचेर संरचना बनाउने क्रममालाई न्युनीकरण गरि कडाइका साथ मापदण्ड कायमका लागि बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष र सदस्यको सक्रियता बढेको छ । बजार क्षेत्रमा नगरपालिकाको मापदण्ड आफुखुसी मिचेर संरचना बनाएका र पटकपटक नगरपालिकाले हटाउन परिपत्र गरेका संरचना नगरकै सक्रियतामा हटाउने वडा अध्यक्ष सुरज बोसेलको भनाइ रहेको छ । नगरपालिकाको मापदण्ड कायम नगरि अटेरी गर्नेहरुको हकमा नगरले आफै हटाउने प्रक्रिया अगाडि बढाउने वडा नम्बर २ का वडा सदस्य विदेश कुमार श्रेष्ठले बताउनुभयो… पुरा पढौ

शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा ६ करोड बजेट फ्रिज

राजेशचन्द्र राजभण्डारी कहि बजेट नगएर समस्या कहीँ भएको बजेट समेत खर्च नगरि फ्रिजगराएर नमुना काम गरेपछि बागलुङ नगरपालिका यतिबेला चर्चाको शिखरमा छ ।वर्तमान शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा मन्त्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका भित्रका सामुदायिक बिद्यालयकाे लागि पठाएको ६ करोड भन्दा बढी बजेट समेत फ्रिज गरेपछि शिक्षा मन्त्री समेत चर्चामा आएका छन् । बर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्ला बागलुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयकाे भवन र कम्प्युटर ल्याव लगायत भाैतिक… पुरा पढौ

सुन चाेरीमा संलग्न प्रहरी नियन्त्रणमा

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायी सहित सुन चोरेको आरोपका आराेपी ब्यक्तिलाई पक्राऊ गरि सार्वजनिक गरेको छ ।स्थानीय निर्वाचन लगत्तै गाउँ घरमा चाेरीका घटना घट्न थालेपछि प्रहरीको सक्रियता बढेपछिचाेरीमा संलग्न ब्यक्ति पनि एकपछि अर्को पक्राउ पर्दै गएको छ । सुन चोरेको आरोपमा निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने बोमबहादुर घर्ति मगर र चाेरी भएको सुन खरिद गरेको भन्दै न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का टेक बहादुर बिकलाई पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

६ करोडौं रकम फ्रिज गरेकाे भन्दै बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

बागलुङ नगर पालिका जनप्रतिनिधि निर्वाचित भएर आएको दुई महिना नबित्दै नगरपालिका भित्र काम गर्दै आएका ज्यालादारी कर्मचारी हटाएको र बागलुङ नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ कराेड बढी बजेट फ्रिज बनाएकाे भन्दै नेकपा एमाले नगर कमिटी बागलुङले बागलुङ नगरपालिकाकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई मंगलबार बिहान ७ बजे नगरपालिकाकाे कार्यकक्षमा पुगेर एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले राष्ट्रपति शैक्षिक सुधारकाे लागि आएको ६ करोड बजेट फ्रिज गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको… पुरा पढौ

बागलुङको शिव मन्दिरमा भक्तजनकाे घुइँचो

राजेशचन्द्र राजभण्डारी बागलुङ साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासले कोरोना कहर कम भएपछि भक्तजनहरु मन्दिरमा पूजा गर्न पुगेका छन् । बागलुङको शिव मन्दिरमा श्रावणकाे पहिलो साेमवार भक्तजनकाे घुइँचो लागेको छ । श्रावणकाे पहिलो साेमबारकम दिन बागलुङको प्रसिद्ध शिव मन्दिर गाैरीधाममा भक्तजनहरूकाे घुइँचो लागेको छ । बागलुङ नगरपालिका वडा ४ गाैरीधाममा बिहान देखि नै भगवान शिवको पुजा अर्चना गर्ने… पुरा पढौ

नगर खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न बजारवासीको माग

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आगामी पौष मसान्त सम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिवद्धता जनाएका छन् । बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै नगरबासीलाई आगामी पुष मसान्त सम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिवद्धता जनाए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका सँग सम्बन्धीत भन्दा पनि सहभागि अधिकांसले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्ने समेत सुझाब दिएका छन् । जवाफमा श्रेष्ठले… पुरा पढौ