लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस ‍

-


     हिडन खबर    
     मंसिर २४ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल मानव अधिकार संगठन जिल्ला शाखा बागलुङको आयोजनामा जिल्ला समन्वय समिति समन्वय प्रमुख अमर बहादुर थापाकाे अध्यक्षता प्रतिनिधि सभा सदस्य चित्र बहादुर के.सीको प्रमुख आतिथ्यतामा लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियान र ७५ आ‌ै अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्पन्न भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी.विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, पत्रकार, विद्यार्थीहरु, नेपाल प्रहरी, स्थानिय बासिन्दाहरु लगायतको उपस्थितीमा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस ‍२०८०” र्‍याली सहित बागलुङ बजार परिक्रमा गरी बागलुङ नगरपालिका वडा नं. २ स्थित लोकतान्त्रिक चोकमा कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको थियोे ।