समाचार

मुस्ताङमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु

मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरिएको छ । पोखरा–जोमसोम हवाई मार्ग… पुरा पढौ

एकीकृत समाजवादी द्वारा बागलुङ नगरका आकांक्षी सार्वजनिक: मेयरमा थापा र पुरी

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङले बागलुङ नगरपालिकामा मेयर र वडा अध्यक्षमा उमेदवार बन्ने आकांक्षीको नाम सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको मेयरका लागी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा र पार्टी सचिव भरत पुरीको आकांक्षा रहेको एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख सालिकराम शर्माले बताउनुभयो । हिडिन खवर सँगको कुराकानीमा प्रमुख शर्माका अनुसार बागलुङ नगरपालिकामा वडा अध्यक्षहरुका आकांक्षीहरुको नाम पनि सार्वजनिक गरेको बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि ३ जना आकांक्षी रहेको… पुरा पढौ

आचारसंहिता लागू भएपछि बागलुङ नगर खानेपानी संस्थाको साधारणसभा स्थगित

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट बिहिवार सम्मका लागि तोकिएको साधारणसभा यहि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको कारण स्थगित भएको छ । ६ बर्ष अघि निर्वाचित भएर आएको खानेपानी उपभोक्ता संस्थाले बागलुङ नगरपालिका वडा नम्बर १ मा बैशाख ४ गतेवडा नम्बर २ मा ५ गते वडा नम्बर ३ मा ७ गते र वडा नम्बर ४ मा ८ गते कलस्टर स्तरीय साधारणसभा गर्ने तयारी गरिरहेको बेला निर्वाचन आचारसंहिता लागू भएको कारणले हाल स्थगित भएको संस्थाले जनाएको छ ।… पुरा पढौ

बेनी नगरपालिकाकाे नगर प्रमुखमा एमालेका ४ जनाको दाबी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति दलहरू उमेदवार छनाैट गर्न ब्यस्त देखिन्छन् ।गण्डकी प्रदेशको म्याग्दी जिल्लाकाे बेनी नगरपालिकाकाे नगर प्रमुख पदमकाे लागि ४ जनाकाे दाबी पेश भएको छ । एमाले गण्डकी प्रदेश सदस्य प्रमाेद कुमार श्रेष्ठ एमाले गण्डकी प्रदेश सदस्य ,सन्तोष रावल ,एमाले जिल्ला सचिव सुरज केसी र,एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बेनी नगरपालिकाकाे नगर प्रमुख पदमा आआफ्नो दाबी कायमै राखेपछि पार्टीले ४ जनाको नाम नेकपा एमाले गण्डकी प्रदेशमा पठाउने निर्णय गरेको एक नेताले… पुरा पढौ

स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै राख्न सकस ?

प्रतिगमन बिरूद्व गठन भएको ५ दलीय गठबन्धन यतिबेला पेचिलाे बन्दै जान थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन आउन ४ साता बाकी रहदै गर्दा बागलुङ जिल्लामा गठबन्धनमा रहेका राजनीति दल नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादी ,जनता समाजवादी पार्टीको गठित संयुक्त कार्यदलकाे बैठक नियमितरूपमा बसेपनि अहिलेसम्म भागबन्डाको स्वरूप तयार पार्न नसकेको वार्ता टाेलीका एक सदस्यले हिडन खबर लाई बताउनुभयाे । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका लाई के कसरी… पुरा पढौ

लायन्स क्लब धाैलागिरि बागलुङको २५ आ‌ै वार्षिकोत्सब

हामी सेवा गर्छाैं भन्ने उदेश्य साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको २५ आ‌ै बर्ष पुगेको अवसरमा लायन्स रजत जयन्ती कार्यक्रम गरि मनाएको छ । धाैलागिरिकाे सबैभन्दा पुरानो सामाजिक संस्था लायन्स क्लबको २५ आ‌ै रजत जयन्तीको अवसरमा अहिलेसम्म क्लबकाे अध्यक्ष भएर सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने अध्यक्षहरूलाइ सम्मान गरिएको थियोे ।१९९५ सालमा क्लब स्थापना गर्न याेगदान पुर्‍याउने केबी रानामगर ,कृष्णप्रसाद शर्मा ,देवबहादुर श्रेष्ठ ,हरिप्रसाद शर्मा ,मनकुमारी केसी ,श्याम श्रेष्ठ ,अर्जुन घिमिरे ,काजीमान गुरूङ,अनुप कुमार श्रेष्ठ… पुरा पढौ

चिरञ्जीवी शर्मा बेनी नगरपालिकाकाे नगर प्रमुखकाे लागि सिफारिस

बेनी नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीले चिरञ्जीवी शर्माकाे नाम सिफारिस गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि नगर प्रमुख पदमा आकांक्षी रहेका नेताहरू मध्य पार्टीले शर्मालाई सिफारिस गरेको हाे । नेपाली काँग्रेसको शुक्रबार जिल्ला पदाअधिकारी र आकांक्षी १० जना नगर प्रमुख पदका आकांक्षी उमेदवारहरुको सयुक्त बैठकबाट शर्मालाई सर्वसम्मत रूपमा यसपटक बेनी नगरपालिकाकाे नगर प्रमुख बनाउने निणर्य भएको जिल्ला सचिव भरतबहादुर रखालले बताउनुभयो । बिहिबार बसेको बेनी नगर कार्य समितिबाट सिफारिस भएर आएका नगर प्रमुख पदका लागि… पुरा पढौ

स्थानीय तहको उमेदवार घोषणा गर्न एकले अर्कोलाई हेर्दै राजनीतिदल

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन २७ दिन बाकी रहदै गर्दा समेत प्रमुख राजनीति पार्टीहरूले उमेदवार तय गर्न सकेका छैनन् ।अहिले दुईवटा गठबन्धन बनेको कारणले पहिला जसले नाम सार्वजनिक गर्छ अर्को गठबन्धन दलले त्यहीँ उमेदवारको आधारमा आफ्नो पार्टीको उमेदवार फेरबदल गर्ने तयारी समेत भित्रभित्र भइरहेको राजनीति बृतमा चर्चा चलेको छ । नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राजमो ,एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पछि गठबन्धन संस्कृतिको चर्को रूपमा बिरोध गर्ने… पुरा पढौ

महिलाको सशक्त दाबी छैन स्थानीय तहको निर्वाचनमा

अघिपछि राजनीति लगायत हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुनुपर्छ भनेर चर्को स्वरमा वकालत गर्ने महिलाहरू यसपटक भने चुपचाप देखिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा तहदेखि गाउँ पालिका अध्यक्ष , उपाध्यक्ष ,नगरपालिका नगर प्रमुख, उप प्रमुख,लगायतका पदमा उमेदवार बन्न राजनीति पार्टीमा तछाडमछाड चलिरहेको बेला महिला नेतृत्व भने चुपचाप नै देखिन्छन् ।प्रमुख राजनीति पार्टी भित्रका महिला नेतृत्व समेत यसपटकको स्थानीय तहको निर्वाचनको लागि खासै जाँगर देखाएको देखिदैन । अघिपछि महिला अधिकारकाे चर्को कुरा गर्ने महिलाहरू… पुरा पढौ

चैते दशै रमाइलो मेला बैशाख ३ गतेसम्म संचालन हुने

बागलुङमा लाग्ने ऐतिहासिक चैत्राष्टमी पर्वको लगत्तै नयाँ बर्ष बिशेश कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा शुरू भएको छ ।गुठी युनाइटेड क्लब बागलुङले यश नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिनेसांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे कार्यक्रमकाे कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कला र संस्कृतिको जगेर्ना गर्नकाे लागि सबै क्षेत्रको भुमिका अनिवार्य भएको हुदा यसलाई जाेगाउन सकेमात्र हाम्रो पहिचान रहिरहने हुदा यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्ने अध्यक्ष खड्काले बताए । बागलुङका युवा… पुरा पढौ