
मालिका सेवा समाज बागलुङले मालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गरि नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन गरेको छ । बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरु, विद्यालय, मठमन्दिरहरु समावेश भएको क्यालेण्डर बिहिबार एक विशेष कार्यक्रम आयोजना गरि विमोचन गरेको छ । पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ मालिकाको भूगोल लगाएतका विषयवस्तु समेटेर समाजले पहिलो पटक क्यालेण्डर प्रकाशन गरेको हो।
बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका प्रत्यक घर घरमा पु¥याउने उदेश्यले क्यालेण्डर प्रकाशन गरिएको समाजका अध्यक्ष जिवननाथ शर्माले बताउनु भयो ।
नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरि क्यालेण्डर विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले वैदेशिक रोजगारीको कारण रित्तिदै गएको गाँउमा सामाजिक काम गर्ने युवा जनशक्तिको अभाव भएको बताउनु भयो । वेरोजगारीको कारण विदेशिनु पर्ने वाध्यता रहेकोले युवा जनशक्तिलाई समाजमै टिकाउनको लागि गाँउकोपर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा समाजसेवी कृष्णराज शर्मा, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, नेपाल नेत्र ज्योती संघ बागलुङका सभापती भरत पुरी, मालिका सेवा समाजका निवर्तमान अध्यक्ष दुर्गा कँवर, धौलागिरि गण्डकी यायातात व्यवसासी समितिका अध्यक्ष उमेश केसी, कुँडुले सेवा समाजका अध्यक्ष कृष्ण आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष प्रकाश केसीले आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माको अध्यक्षता, उपाध्यक्ष आनन्द रेग्मीको स्वागत र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
























