समाचार

बिश्व वातावरण दिवसमा वृक्षारोपण

बागलुङ / टि.डि.एच,जर्मनी/बि.एम.जेट को आर्थिक सहयोग बिवाईसी,बागलुङको सहकार्यमा बुर्तिबाङ सामुदायिक बाल क्लबको आयोजनामा विश्व वातावरण दिवस कार्यक्रम मनाइयो । बागलुङको ढोरपाटन नगरपालिका-१,भबरेटामा आयोजित बृक्षारोपण कार्यक्रममा भगवती मन्दिर देखि सरस्वती सामुदायिक बिद्यालय सम्म १५० वटा धुपि लगायत फूलका बिरूवा राेपिएकाे थियो । स्थानीय तहका जनप्रतिनिधि सरस्वती आधारभूत विद्यालयउत्तर गंगा माध्यमिक बिद्यालय ,न्यु माेर्डन एकेडेमी ,रिभर हेड इन्टरनेशनल एकेडेमी जनता सेकेन्डरी बाेर्डिङ स्कुल वटा बिद्यालयका बिद्यार्थी लगायतकाे उपस्थितिमा बिश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको विवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत आ‌ेम प्रकाश… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

पोखरा, २३ जेठ / राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा… पुरा पढौ

विश्व वातावरण दिवसमा न्यू लाईफका विद्यार्थीद्वारा सरसफाई 

बागलुङ / विश्व वातावरण दिवसको अवसरमा गलकोटमा विद्यार्थीहरूले आज प्रभातफेरि एवं सरसफाइ गरेका छन् । न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुल गलकोटमा अध्ययनरत विद्यार्थीहरुले बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् ।  वातावरण संरक्षण, सरसफाई सँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थीहरूले विद्यालय परिसर हुँदै मध्यपहाडी लोकमार्ग स्थित हटिया बजार परिक्रमा गरेका थिए । उनीहरूले विद्यालय क्षेत्र आसपासको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत संकलन गरेका छन् । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि… पुरा पढौ

नेपाल लाइफ बागलुङद्वारा पर्वतमा शैक्षिक सामाग्री सहयोग

पर्वत / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ उपशाखाले पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ स्थित दालपोखरी प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि कम्पनिको बागलुङ उपशाखाद्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो । कम्पनिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिका बागलुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्लेले जानकारी दिए । काफ्लेले उपस्थित ब्यक्तिहरुलाइ जीवन बिमाको फाइदाकाे बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता संघ… पुरा पढौ

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार भए माआ‌ेवादी केन्द्रले स्वागत गर्ने ?

पोखरा, १३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गर्नुभयो । “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “म जनक्रान्तिकै बाटोमा छु, म चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन… पुरा पढौ

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुने

पोखरा, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताउनुभयो । उहाँले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो । “भरतपुर,… पुरा पढौ

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय

पोखरा, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिनुभयो । “चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको… पुरा पढौ

फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले शुल्क समायोजन गर्न ध्यानाकर्षण पत्र सिटिइभिटिमा बुझायो

काठमाडौं ,जेठ २ फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर सिटिइभिटिमा शुल्क समायोजन बारे ध्यानाकर्षण पत्र बुझाउनुभएकाे छ । प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर बाटसम्बन्धन लिइ निजी स्तरमा संचालित स्वास्थ क्षेत्रका विभिन्न बिषयका मापदण्डअनुसार जम्मा ४० सिट भर्ना क्षमता मध्य ४ (१० प्रतिशत ) निशुल्क छात्रवृत्ति उपलब्ध गराइ बाकी रहेको ३६ सिटमा भर्ना हुने बिद्यार्थीहरूबाट लिने शुल्कमा एकरूपता ल्याउन शैक्षिकसत्र २०६८ बाट प्रमाणपत्र तहकाे नर्सिङ तर्फ ३ लाख ९६ हजार मात्र… पुरा पढौ

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्ने

सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो । “विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह… पुरा पढौ

स्वास्थ स्वयंसेवीकालाइ पुनर्ताजगी तालिम सम्पन्न

बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको समन्वयमा संचालन भएको महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गलकोट नगरपालिका वडा नम्बर १,२ र ३ का २९ जनामहिला स्वयंसेविकाकाे सहभागिता रहेको तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङकी पब्लिक हेल्थ नर्सिङ निरक्षक सीमा कुँवर , गलकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अ.न.नि रिमा बोसेल, जनस्वास्थ्य निरिक्षक अनिता कार्की,सिनियर अनमी माधवी शर्मा लगायतका प्रशिक्षकहरुद्वारा सहजीकरण गरिएको थियो। गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शुशील पौडेलले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकाे… पुरा पढौ