
कास्की / दसैंको समयमा प्रदेशीएका नेपाली दाजुभाईहरूकाे एक कारूणिक कथामा आधारीत गायिका बालिका तामाङकाे फर्क अब प्रदेशी दशै गीत सार्वजानीक भएकाे छ ।
चाडपर्वकाे समय गाउँ नै रमाइलो हुन्छ, गाउँमा रमाइलो हुन मेला महोत्सव लाग्नै पर्दैन । दसैं आउँदा दुख कष्ट भएपनी दसैंले मनै रमाइलो गराएको अनुभुती हुन्छ भने गाउँ सँगको सम्बन्ध छुट्टै प्रगाढ हुन्छ ।
प्रदेशीलाई विकसित मुलुकको सुन्दर शहरहरु भन्दा गाउको तस्बिर देख्दा मन आनन्दित हुनेगर्छ । धर्तीको स्वर्ग जस्तो लाग्छ गाउँ । गाउँको कुना कन्दरा , पाखा पखेरा, कलकल बग्ने पानी अनि चिसो पानी आउने त्यो धारो, घास मलका भारी बोक्दा थकाइ लाग्दा थकाइ मार्ने चौतारी, अनि त्यो क ख सिकेको स्कुल, आफन्तजन इष्टमित्र, छर छिमेकी, बारीका फोटा, खेतका फाँट आहा साच्चै गाउँ नै रमाइलो लाग्ने गर्छ यसाे त याे गितले गरिवीका कारण प्रदेश पसेकाे आम युवाहरूकाे परिवेशलाई झल्काएकाे छ ।
गायिका बालिका तामाङ र कृष्ण सुनारकाे आवाजमा गायिकाद्वय बालिका तामाङकै शब्द संगितमा रहेकाे यस गितकाे भिडियाे बालिका तामाङ अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।









