बागलुङ / बागलुङ नगरपालिकामा हालसालै गण्डकी प्रदेशका मुख्य मन्त्र सुरेन्द्र पाण्डेले उद्घाटन गरेको बसपार्ककाे सिलालेख ताेड्फाेड गर्ने अभिब्यक्ति दिएकाे भन्दै विद्युत्तिय (इलेक्ट्रोनिक ) काराेवार अन्तर्गत मुद्दामा
बागलुङ नगरपालिकाका एकबहादुर केसी धराैटीमा रिहा भएका छन् ।
विद्युत्तिय (इलेक्ट्रोनिक )कारोवार ऐन-२०६३ बमोजिम कसुरमा सम्मानित बागलुङ जिल्ला अदालत बागलुङको
असाेज १५ गते आदेशले रु तिस हजार रुपैया धरौटी राखेर छुटेको प्रहरीले जनाएको छ ।
केसीले बागलुङ सदरमुकाम ठूलो तामझामका साथ उद्घाटन भएको बागलुङ बसपार्क बाट बस नछुटाएकाे भन्दै सामाजिक संजाल मार्फत एक महिनाभित्र बसपार्क संचालन नभएमा मुख्य मन्त्री पाण्डेले उद्घाटन गरेको सिलालेख घनले हानेर फाेड्ने अभिब्यक्ति दिएको भन्दै बागलुङ नगरपालिकाले केसी बिरूद्व मुद्दा हालेपछि प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले केसीलाई ३० हजार धराैटीमा छाेड्न आदेश दिएपछि केसी रिहा भएका छन् ।