
बागलुङ असाेज १७ कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले गुठीका अध्यक्ष कुमार खड्का र भैरवस्थान गुठीका काेषाध्यक्ष चन्द्रबहादुर खत्री लाई एक कार्यक्रम गरि सम्मान गरेकाेछ ।
सामाजिक र धार्मिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएकाे भन्दै भारत बाट मानार्थ डाक्टर उपाधि बाट सम्मानित हुनुभएकोमा कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङको तर्फबाट मन्दिर परिसरमा नव दुर्गाकाे अवसरमा घटस्थापनाकाे दिन एक कार्यक्रम गरि बधाई तथा सम्मान गरिएको हाे । कालीका भगवती मन्दिर परिसरमा गुठीको तर्फबाट सम्मानपत्र दाेसल्ला अरिब बाट सम्मान गरिएको थियो ।
आफुहरूले निरन्तर रूपमा धार्मिक र सामाजिक क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याए बापत आफुहरूलाई भारत बाट डाक्टर मानार्थ उपादी दिएको
अहिले यो सम्मान बागलुङ बासिकाे सबैको भएको
सम्मानित ब्यक्तिहरूले बताए ।
अहिले भएको सम्मान बागलुङको लागि गाैरवकाे बिषय भएको धार्मिक संघसंस्थामा काम गर्नेकाे सम्मान गरेको
पत्रकार सृजना पन्तले बताए ।
खड्का र खत्रीलाई सोक्ररात सोसल रिसर्च युनिभर्सिटीले सम्मानस्वरूप मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि
भारतको डिल्लीमा अवस्थित युनिभर्सिटीले प्रदान गरेकाे थियोे ।
खड्काले विगत ११ वर्षदेखि कालिका भगवती मन्दिरको पूर्णनिर्माण र सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
यो सम्मानले आफूलाई थप जिम्मेवारी प्रदान गरेको गुठीका अध्यक्ष खड्काले बताउनु भयो ।
कालीका गुठी ब्यवस्थापन समितिका सचिव अर्जुन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा आचार्यकाे स्वागत गुठिका उपाध्यक्ष निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।












