शंकर लामिछानेको गीति एल्बम सार्वजनिक

-


     हिडन खबर    
     असाेज १७ गते २०८१ मा प्रकाशित


पर्वत / सर्जक नायक शंकर लामिछानेको गीति एल्बम कुश्मा नगरपालिका र बाग्लुङ नगरपालिका बोलको गीतको आज पर्बतको कुश्मामा एक कार्यक्रम गरि सार्बजनिक गरिएको छ ।

कुश्मा पर्बतमा जन्मीई लामोसमय यता अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका शंकर लामिछानेले यस पटक पनि आफ्नो ठाउँको चिनारी बिश्वसामु पुगोस भन्ने हेतुले कुश्मा नगरपालिका बाग्लुङ नगरपालिका वोलको गित सार्बजनिक गर्नुभएको हो ।

सर्जक लामिछानेले यश अघि लोकप्रिय चलचित्र किन लाग्छ माँया,सामाजिक चलचित्र ए नेपाली हो साबधान,बोक्सी,बहुचर्चित गित झुक्कायो एनाले लगाएत दर्जनौं सृजनाहरु दर्शक श्रोता सामु पस्केका छन ।

आगमी अब दँशैको नजिकै पारी आफ्नै ठाउँ दुर्लुङ भुमेकोट बोलको गितको म्युजिक भिडियो पनि सार्बजनिक गर्ने बताउनुभएको छ ।

कुश्मा नगरपालिका र बागलुङ नगरपालिका बोलको गित पर्बत र बागलुङका पर्यटकिय धार्मिक मनोरम स्थानमा छायांकन गरिएको छ । यो गितलाई शंकर लामिछानेले स्वयं शब्द तथा संगित भर्नुभएको छ ।

सृजक शंकर लामिछानेले कला मार्फतनै आफ्नो गाउँ आफ्नो देशलाई चिनाउन पाउँदा हर्षित देखिनुहुन्छ ।
गितमा चर्चित गाएक सुरज श्रेष्ठ,गायिका सिम्रन परियारले आवाज भरेका छन । भिडियो अर्जुन थापाको निर्देशन,छायांकन रोहित पाण्डे ,सम्पादन नेत्र गुरुङ,कोरियो ग्राफी विशाल नेपालि अभिनय ज्योती परियार र विशाल नेपाली लगाएतले गरेका छन ।

हाम्रो प्रयास सबैको साथले सार्थकता पाउने बताउनुभयो । सबैले प्यार दर्शाईदिन आग्रह गर्दै अझै सृजनाका फाँटमा कलम चलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बिमोचन कार्यक्रममा फुलराज लामिछानेको अध्यक्षता,अन्तरास्ट्रिय पर्बत समाजका संस्थापक अध्यक्ष पुरन गिरि ज्युको प्रमुख आतिथ्यता,शताब्दी घरका संरक्षक आरके अदिप्त गिरि ज्यु लगाएतका अन्य बिशिस्ट ब्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अन्तरास्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरिले सृजक शंकर लामिछाने वास्तबमा निश्चल हृदय भएको सामाजिक अभियन्ता भएको र यसरी आफ्नो ठाउँको पहिचानका लागि कला मार्फत लागेको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।

सृजक लामिछाने र आफ्नो बाल्यकाल सम्झेर केही छिन भावुक पनि हुनुभएको थियो । लामिछाने परिवार सदैब समाजको हितको लागि हिजो पनि लागेको र आज पनि लागेको र भोलि पनि लाग्ने भन्दै खुसी प्रकट गर्नुभयो । पर्बतमा रहेर कलाकारितालाई अगाडि बढाउने कलाकारलाई पनि माँया र शुभ आशिर्वाद प्रकट गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्बतका अध्यक्ष पुजा कार्की शर्मा,लोक गाएक तथा सन्चारकर्मी कृष्ण अखेली,पत्रकार माहसंघ पर्बतका सचिब राजबाबु पिसि लगाएतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

कार्यक्रममा सृजक लामिछानेको जिबनिको बारेमा सताब्दी घरका संरक्षक आरके अदिप्त गिरिले प्रष्ट्राउनु भयो ।
भिडियोका निर्देशक अर्जुन थापा मगरको स्वागत मनत्ब्य रहेको उक्त कार्यक्रमको ब्यबस्थापन सुरेस रेग्मी र सन्चालन दिपेश बि पोख्रेलले गर्नुभएको थियो ।