समाचार

धौलागिरि वहुमुखी क्याम्पसद्वारा प्रदेश तथा स्थानीय निकायमा निर्वाचित पुर्व विद्यार्थीलाई सम्मान

धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरि वहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव अवसरमा शुक्रबार क्याम्पसका पुर्व विद्यार्थी एवं प्रदेश तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ | क्याम्पसमा अध्ययन गरि हालै सम्पन्न प्रदेश तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो | सम्मानित हुनेमा क्याम्पसका पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो… पुरा पढौ

आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरलाई

युएस एकेडेमीद्वारा आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरले हात पारेको छ | प्रथम हुन सफल आदर्श विद्यामन्दिरका विद्यार्थीहरु रनिङ कप उचाल्दै विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा सुक्रबार आयोजित प्रतियोगितामा बागलुङ बजारका १४ विद्यालयको सहभागिता रहेको थियो | पहिलो चरणको छनौटबाट दोस्रो चरणमा प्रवेश गरेका ८ समुहरु बिचको प्रतिस्पर्धाबाट ७ समुहलाई पछाडि पार्दै १९ अङ्कका साथ आदर्श विद्यामन्दिर आवासीय माविले प्रथम स्थान हाँसिल गरेको हो भने १८ अङ्क सहित चिल्ड्रेन लाईफ बोर्डिङ द्वितीय र आयोजक युएस एकेडेमी तृतीय… पुरा पढौ

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी… पुरा पढौ

सरस्वती पूजाको दिन चिल्ड्रन लाईफ बोर्डिङबाट ५६ बालबालिकाले गरे अक्षरारम्भ

बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलबाट सरस्वती पूजाको दिन ५६ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा राम्रो हुने भन्दै यस दिन धेरै बालबालिका विद्यालय भर्ना हुने गरेका छन् । सरस्वती पूजाको अवसरमा विहान विद्यालयमा पूजाआजा गरिएको थियो भने आजबाट विद्यालय आउने बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिनु भयो । बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलमा १५ सय भन्दा… पुरा पढौ

हरेको क्षेत्रको मुहान शिक्षा भएकोले समय सुहाउदो शिक्षा आवश्यक छ : प्रदेश सांसद थापा

गण्डकी प्रदेश सभा सदस्यमा दिपेन्द्र थापाले हरेको क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकोले समय सुहाउदो शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ । कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङको सरस्वती पूजा, बार्षिकोत्सव समारोह एवं सम्मान कार्यक्रमको अवसरमा बोल्दै थापाले यस्तो बताउनु भएको हो । प्रदेश सभा सदस्य थापाले नेपालमा हुने खाने र हुदा खानेको शिक्षा वेग्ला वेग्लै रहेकोले नेपालका सवै नागरिकलाई एकै खालको शिक्षा प्रदान गर्न आवश्य रहेको बताउनु भयो । नेपालको शिक्षा प्रणाली हुनेखानेको पहुचमा रहेकोले हुदा खाने परिवारका बागलबालिकाले अध्ययन… पुरा पढौ

युएस एकेडेमीको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम संचालन

युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका २ बागलुङको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त  क्रियाकलाप सहित जनचेतनामुलक कार्यक्रम भैरहको विद्यालयले जनाएको छ । पहिलो दिन विद्यालयमा अतिरिक्त  क्रियाकलाप गरेको विद्यालयले दोश्रो दिन बागलुङ बजारका विभिन्न चोकहरुमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गरेको थियो । विहिबार तेश्रो दिन सरस्वती पूजा तथा विद्यालय आउने उमेर समुहका नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल अशोक केसीले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको जैमिनि नगरपालिका ८ बेलवगरमा अन्र्तक्रिया सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङको जैमिनि नगरपालिका ८ बेलवगरमा केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बेलवगर शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि महत्वपुर्ण काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसी लघुवित्तले महत्वर्ण भुमिका खेलेको बताउनु भयो। लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिलादिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भर बनाएकोले लघुवित्तको लगानि सदुपयोग गरि उद्यमी बन्न स्थानियलाई आग्रह गर्नु भयो… पुरा पढौ

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे । पुरा पढौ

मालिका सेवा समाज बागलुङको आयोजनामा सामाजिक संघ संस्थाहरुबीच आन्तरक्रिया

मालिका सेवा समाज बागलुङको आयोजनामा सामाजिक संघ संस्थाहरुबीच आन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेका सामाजिक संघ संस्था बिच राम्रो सँग समन्वय हुन नसक्दा वडामा कतिपय सामाजिक काम दोहोरिने कतिपय महत्त्वपूर्ण काम छुट्न गएको कारणले त्यसलाई एकीकृत गरेर लैजाने उदेश्यले मालिका सेवा समाजले सामाजिक संघसंस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा बोल्दै विभिन्न संघ सस्थाका प्रतिनिधिले समाजका हरेक काममा मालिका सेवा समाजलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनिहरुले समुदायमा हुृने सामाजिक… पुरा पढौ

बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीमा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल रनेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले… पुरा पढौ