
काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे कार्यालयले आर्थिक बर्ष ०८०/०८१ काे प्रथम चाैमासीक सार्वजनिक सुनुवाइ गरिएको छ ।
चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालयले
चन्दन भराटेश्वर महादेव मन्दिरको प्रांगणमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नगरपालिकाले यस आर्थिक बर्षकाे ४ महिनामा गरेको गतिविधि वडा बासीलाइ सार्वजनिक गरिएको थियो ।
चन्द्रागिरि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल ,वडा अध्यक्ष सन्जय सिग्देल ,वडा सदस्य विवेक ढकाल ,वडा सदस्य लक्ष्मी थापा लगायतले धारणा राखेका थिए ।
वडामा ९६ सम्झौता ५४ प्रतिशत भएको १६ प्रतिशत काे भुक्तानी भएको ३० प्रतिशत सम्झौता गर्न बाकी रहेको जानकारी गराइएको थियो ।
एक महिनासम्म आफ्नो टाेल सफाइ अभियान संचालन गरेको ।वडामा रहेको सार्वजनिक जग्गा संरक्षण गर्ने काम गरिरहेकाे वडाको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेको ,बालश्रम मुक्त अभियान संचालन गरेको ३७ लाख ५ हजार १५ राजस्व संकलन भएको जानकारी गराइएको थियो ।












