
बागलुङ । अङ्ग्रेजी शिक्षकहरुको सङ्गठन (NELTA) बागलुङको जिल्ला अधिवेशन बागलुङमा सम्पन्न भएको छ ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, क्याम्पसका अग्रेजी विभाग प्रमुख उपप्रध्यापक विजय राज पन्त, क्याम्पसका उपप्रध्यापक दिपेन्द्र जैसी, प्याब्सन बागलुङ नगर अध्यक्ष कृष्ण अधिकारी, नेल्टा गण्डकी प्रदेशका सचिव देव शर्मा, अध्यक्ष कमलराज लम्साल लगायतका बक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा इगलिस ल्याङवेज फेलोका अमेरिकी प्रतिनिधि आन्द्र परेज, मालिका माविका प्रधानाध्यापक वालकृष्ण सापकोटा, नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साललले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षक वालकृष्ण शर्माको अध्यक्षता, स्वागत शिक्षक श्याम प्रसाद शर्माले र संचालन शिक्षक नेत्र न्यौपानेले गर्नु भएको थियो ।
जिल्ला अधिवेशनले नेत्र न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम प्रसाद शर्मा, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा सपना सापकोटा पौडेल र सहसचिवमा निशान खड्का रहेका छन् । सदस्यहरुमा लेखनाथ शर्मा, हिराबहादुर छन्त्याल, प्रदिप पन्त र शिवबहादुर भण्डारी रहेका छन् । समितिका सल्लाहकारमा शिक्षक वालकृष्ण शर्मा र उपप्रध्यापक विजयराज पन्त चयन भएका छन् । समितिको तालिम संयोजकमा मालिका माविका प्रधानाध्यापक वालकृष्ण सापकोटा चयन भएका छन् ।


























