बागलुङको एक घरमा आगजनी गरि फरार अभियुक्त रुपन्देहीबाट पक्राउ

-


     हिडन खबर    
     माघ ११ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीको एक घरमा आगजनी गरेर फरार भएका एक जना फरार रहेका ब्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका रमेशराज पाण्डेको घरमा आगो लगाइ फरार भएका बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी घर भई हाल बागलुङ नगरपालिका ३ गहते बस्ने  प्रेम बहादुर बिक (प्रतेल) लाई रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । आगलागीबाट १९ लाख ५० हजारकाे नाेक्सानी भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका अभियुक्त विकलाइ जिल्ला अदालत बागलुङमा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।