इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार ललितपुरबाट पक्राउ देवकुमार नेपाली अझै फरार

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ १२ गते २०८० मा प्रकाशित


बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार ललितपुरको धोबीघाटबाट पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले हिडन खबर लाइ बताए ।

सहकारीका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना संचालकलाई खोजतलास गर्ने क्रममा सुनारलाई धोबीघाटबाट बिहीबार राति पक्राउ गरिएको हो । सुनारलाई अनुसन्धानको लागि भोलि बागलुङ ल्याइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताए ।
बचतकर्ताको अरबौं रकम हिनामिना गरेको भनि सरिता तिमिल्सिना (कँडेल) ले अध्यक्ष नेपालीसहित ८ जना विरुद्ध मुद्दा दर्ता गरेकी थिइन ।

जिल्ला अदालत, बागलुङले गत जेठ २४ गते अध्यक्ष नेपालीसहित ८ जना संचालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । इमेज सहकारीका अध्यक्ष नेपालीले १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरि सपरिवार गत जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

यस अघि नै इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढा कारागार चलान भएका छन् ।

सहकारीका अध्यक्ष नेपाली विरुद्ध पीडित बचतकर्ताहरु लामो समयदेखि निरन्तर आन्दोलनमा रहेका छन् ।इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

इमेज बचत तथा ऋण सहकारीकाे बचत कर्ताकाे बचत सुनिश्चित गर्न बिशेश साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।सहकारीका तत्कालीन अध्यक्ष एवम् ढाेरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले आफ्नो सम्पत्ति पास गरेर दिने भन्ने सुचना पठाएको छ ।दुई महिना अगाडि फेस बुक लाइभमा आएर बचत कर्ताकाे बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपनि ब्यवहारमा भने देखिएको छैन ।