समाचार

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्डको निवासी खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले सबैको सहयोग… पुरा पढौ

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने ः मुख्यमन्त्री पाण्डे

लेखनाथ, २३ मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने वताएका हुन । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको… पुरा पढौ

दाेस्राे ईण्डाे नेपाल सुजन म्युजिक अवार्ड २०२४ काे उत्कृष्ट पाँच मनाेनयन सार्वजानिक

सुजन म्युजिक प्रालि अनामनगर काठमाण्डाै द्वारा आयाेजित दाेस्राे ईण्डाे नेपाल सुजन म्युजिक अवार्ड २०२४ काे उत्कृष्ट पाँच मनाेनयन तथा प्रमाणपत्र बितरण कार्यक्रम हालै सम्पन्न भएकाे छ । शनिबार सामाजिक बिकास भवन अनामनगरमा सम्पन्न कार्यक्रममा गणतन्त्र नेपालकाे पहिलाे मुख्य मन्त्रि माननीय अष्टलक्ष्मि शाक्यज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर, पुर्व अध्यक्षहरू चन्द्र शर्मा,पुर्व काेषाध्यक्ष ईन्द्र जिसी,सुजन म्युजिकका कानुनि सल्लाहकार सेमन्तमणि खराल,लगायत अन्य महानुभाबहरूकाे उपस्थिति रहेकाे थियाे । अवार्डका लागि बिभिन्न ३३… पुरा पढौ

सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको ९ सेवा केन्द्रमा शनिबार १५ र्औ साधारण सभा सम्पन्न

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको ९ वटा सेवा केन्द्रमा शनिवार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले शनिबार ९ वटा सेवा केन्द्रमा सभा सम्पन्न भएको हो । मंसिर ८ गतेबाट सुरु भएको सस्थाको १५ औँ वार्षिक साधारण सभा अन्र्तरगत १९ वटा सेवा केन्द्रको इकाई साधारण सभा सकिएको र बाँकी ६ सेवा केन्द्रमा मंसिर २९ गते साधारण… पुरा पढौ

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ: प्रचण्ड

काठमाडौ, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नुभयो । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले… पुरा पढौ

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ: प्रचण्ड

काठमाडौ, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताउनुभयो । एकथरि शक्तिमा यो माओवादी र… पुरा पढौ

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

काठमाडौ, २२ मङ्सिर । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा… पुरा पढौ

कालीगण्डकी बिद्यालयमा विपद व्यवस्थापन तथा लागुपदार्थ दुरब्यसन सचेतना कार्यक्रम सम्पन्न

बागलुङ । बालमैत्री बागलुङ नगरपालिका घोषणाको पूर्वतयारी अन्र्तगत बिद्यालयमा सूचकमा आधारित क्रियाकलापहरु संचालन गरिएको छ । बिद्यार्थीहरुको लागि कालीगण्डकी आवासीय माध्यामिक बिद्यालयमा विपद व्यवस्थापन तथा लागुपदार्थ दुव्र्यसन सचेतिकरण कार्यक्रम गरिएको छ । कार्यक्रमको बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोख्रेलले उदघाटन गर्नुभयो । जुनसुकै समयमा हुन सक्ने विपद र लागुपदार्थ दुव्र्यसनीबाट जोगिन कस्ताखाले सावधानी अपनाउने भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको छ । विपदमा परेको अवस्थामा उद्धार,व्यवस्थान लगाएका कार्य र दुव्र्यसनीबाट बचाउन, दुव्र्यसनकर्तालाई कुलतबाट छुट्टाउन के गर्न सकिन्छ भन्नेमा बिद्यार्थीलाई सचेतना… पुरा पढौ

उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित… पुरा पढौ

राष्ट्रिय खाेप कार्यक्रम र सरसफाइ कार्यक्रमकाे समिक्षा

बागलुङ ।स्वास्थ्य कार्यालय बागलुङको आयोजना एवं बरेङ गाउँपालिकाको समन्वयमा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप र सरसफाई प्रबर्द्बन कार्यक्रमको समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक सम्बन्धी २ दिने गोष्ठि सम्पन्न भएको छ । गत आर्थिक वर्षमा गरीएका खोप कार्यक्रमसँग सम्बन्धित विभिन्न क्रियाकलापहरुको समीक्षा गर्दै आगामी दिनहरुमा खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्नको लागि सूक्ष्मयोजना तयारी तथा अध्यावधिक गर्ने, निर्णय गरेको छ । नियमित खोप सेवा कार्यक्रमलाई सुदृढिकरण गर्ने, सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार… पुरा पढौ