लायन राजन लम्साल लायन्स अन्तर्राष्ट्रिय निर्देशकको इन्डोर्शी पदका उम्मेदवार

-


     हिडन खबर    
     वैशाख २४ गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख २४ – हिडनखबर डट कम
लायन्स क्लब अन्तर्राष्ट्रियका सक्रिय र समर्पित सदस्य लायन राजन लम्सालले अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्शी) पदमा उम्मेदवारी दिएका छन्। उनले आज, २०८२ साल वैशाख २४ गते, आफ्नो मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएका छन्।

लम्सालले सामाजिक सञ्जालमार्फत जनाउँदै लेखेका छन्, “तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथको भावना लिएर मैले आज लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शी पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएको जानकारी गराउन चाहन्छु।”

उनले आगामी जेठ २४ गते काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना हुने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा उपस्थित भई आफूलाई मतदान गर्न सबै लायन सदस्यहरूलाई हार्दिक अपिल गरेका छन्।

लायन राजन लम्साल लामो समयदेखि लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय छन्। उनले संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व र मानवीय सेवामा निरन्तरता दिँदै आएका छन्।

“तपाईंहरूको विश्वास र साथले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु,” उनले उल्लेख गरेका छन्।

लम्सालको उम्मेदवारीसँगै लायन्स समुदायमा नयाँ ऊर्जा र अपेक्षा देखिएको छ।