समाचार

मुस्ताङका तीनै सीटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी, एमाले नील

मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । प्रदेश सभा (क) मा कांग्रेसका नाम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७… पुरा पढौ

बागलुङका दुबै क्षेत्रमा मतगणना सुरु

बागलुङ जिल्लाको दुबै क्षेत्रको मत गणना सुरु गरिएको छ ।क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिकप सभाहलमा र २ को ढोरपाटन नगरपालिका-२ को निर्वाचन अधिकृतको कार्यालय रहेको नयाँ शहरी आयोजनाको भवनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाबाट गणना सुरु गरिएको छ भने २ को ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाबाट सुरु गरिएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । जनताद्वारा जनप्रतिनिधि चुन्ने यो महान अवसर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न… पुरा पढौ

बडिगाड क्षेत्रमा आज न्वागी खाने दिन

आज मंसिर ५ गते अर्थात् न्वागी खाने दिन । बागलुङको बडिगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिका क्षेत्रमा आज नयाँ धानबाली भित्र्याएको उपलक्ष्यमा न्वागी खाएर मनाइएको छ । नयाँ चामलमा दही, केरा, सिलाम तथा चिनी मिसाएर न्वागी खाने यो परम्परा निकै पुरानो हो ।यस वर्षको न्वागी खाने साइत ९ बजेर ३१ मिनेटमा परेको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । ज्योतिषीले निकालेको शुभमुहूर्तमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुवात हुने अध्यक्ष आचार्यको भनाइ रहेको छ । पुरा पढौ

बागलुङमा ११ बजे सर्वदलीय बैठक बस्दै, दिउँसो देखि मतगणना सुरु हुने

बागलुङका दुवै क्षेत्रको मतगणनाको लागि ११ बजेदेखि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।बागलुङ जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा आइपुगेका छन् | जिल्लाका १०७ वटै मतदान केन्द्रबाट राती अबेरसम्म मतपेटिकाहरु दुबैक्षेत्रका मतगणना स्थलमा आइपुगेको मुख्य निर्वाचन अधिकृत डाक्टर दिवाकर भट्टले बताए । कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको जिल्लामा १ लाख २ हजार ९ सय ६३ अर्थात् ५३.५६ प्रतिशत मत खसेको थियो । जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय… पुरा पढौ

बागलुङमा ५४ प्रतिशत मत खस्यो: सोमबारदेखि मतगणना सुरुहुने

बागलुङ जिल्लामा ५३.५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालका अनुसार जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको हो । कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले बताए । मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम सुरु भएको भन्दै भोलि मात्र मतगणना सुरु हुने उनको भनाई छ । जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को… पुरा पढौ

आफैलाई मत हाल्न पाएनन् राजमो अध्यक्ष केसी र शिक्षा मन्त्री पौडेल

प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङका दुई उम्मेदवारले आफैलाई मत हाल्न नपाउने भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफैलाई मतदान गर्न नपाएका हुन् । आफू उम्मेदवार भएको क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम नभएकाले यो अवस्था आएको हो। उम्मेदवारी दिन जुनसुकै जिल्लाको मतदाता भए पनि मतदान गर्न मतदाता नामावली भएकै मतदान केन्द्रमा जानु पर्ने निर्वाचन आयोगले व्यवस्था गरेको छ । यहि व्यवस्थाले जिल्लामा २ उम्मेदवार मताधिकारविहिन बनेका हुन्। त्यसैले पाँच… पुरा पढौ

बागलुङमा मध्यान्नसम्म ४० प्रतिशत मत खस्यो

प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङमा जारी निर्वाचनमा आइतबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङले दिएका जानकारी अनुुुसार आईतबार मध्यान्नसम्म आइपुग्दा ४० प्रतिशत मत खसेको होे । जिल्लाका केही मतदान स्थलमा ३५ केहिमा ४५ प्रतिशतसम्म मत खसेकोले समग्रमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले जानकारी दिनु भयो । स्थानीय तह निर्वाचनमा बागलुङका १० स्थानीय तहमा ६७ प्रतिशत मत खसेकोमा यस पटक करिव ६० प्रतिशत मत खस्ने आकलन गरे पनि… पुरा पढौ

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका गर्न बागलुङमा मतदान सुरु

आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि बागलुङमा पनि मतदान सुरु भएको छ । मतदानको समय बिहान ७ बजेबाट नै मतदान सुरु भएको हो । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख… पुरा पढौ

बागलुङमा निर्वाचनको तयारी पूरा, मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ

भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालयले निश्चित गरेको मतदान केन्द्रमा मतदान स्थल बनाउने काम सकिएको छ । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा निर्वाचन भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले बागलुङले जनाएको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई… पुरा पढौ

एजेन्डा नपाएर विपक्षीले उमेरको खिल्ली उडाउन खोजे : जनमोर्चा अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले अरोप लगाउनु भएको छ । बिहिबार सत्ता साझेदार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताउनु भएको हो । अघिल्लो निर्वाचनमा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो । केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको ुबताउनु भयो । धर्म निरपेक्षता र गणतन्त्र तथा संविधान जोगाउने काममा एमालेभन्दा कांग्रेस बढी इमान्दार भएकोले संविधानको रक्षाको… पुरा पढौ