
बागलुङ / मानव अधिकारका लागी एकल महिला समूह बागलुङले एकल महिला सुरक्षा कोष कार्यान्यनको लागि बागलुङ नगरपालिकाका कार्याबाहक नगर प्रमुख कोपिलामणी शर्मा र प्रशासकिय अधिकृत धनप्रसाद लाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
एकल महिला समूहका अध्यक्ष देवी खड्काको नेतृत्वमा गएको समूहले बागलुङ नगरपालिकामा पुगेर सुरक्षा काेष कार्यान्वयनकाे लागि ध्यानाकर्षण पत्र बुझाएको नगरपालिकाले जनाएको छ ।












