
बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले अनुसन्धानका लागि ४ दिन थप गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गरेकाे भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले हातपात गरेपछि प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो । गाैतमलाइ तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कुटपिट गर्न खोज्ने बागलुङ नगरपालिका वडा नं – ७ का व्यवसायी गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको अनुसन्धानका लागि ४ दिन म्याद थप गरेकोे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।









