बागलुङ /झण्डै दुई दशकदेखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल कालोपत्रे भएको दुई बर्ष बितिसक्दा समेत बिमानस्थल संचालनकाे गर्ने बारे कसैलाई चासो छैन । भएको बिमानस्थल संचालन नहुदा यतिबेला सुविधासम्पन्न बिमानस्थल प्रयोग बिहिन बन्न पुगेको छ ।बागलुङका जनप्रतिनिधिहरूले कालोपत्रे भएको बिमानस्थल संचालन गर्न नसकिरहेको समयमा धरानका मेयर भने बिमानस्थल बनाउन कम्मर कसेर लागेका छन् ।
गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रमा झण्डै दुई दशक देखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलकाे धवन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएकाे झण्डै दुई बर्ष बितिसक्दा सक्दा समेत विमानस्थल संचालनमा आउन सकेको छैन ।
बागलुङको बलेवा बिमानस्थल नियमितरूपमा संचालन गर्न राजनीति नेतृत्वमा इच्छाशक्ति आवश्यक भएको खण्डमा बागलुङमा थुप्रै धार्मिक पर्यटकीय केन्द्र भएको कारणले पनि वलेवा विमानस्थल संचालन गर्न सकिने गण्डकी प्रदेशका सांसद कृष्ण पाठकले बताए ।
हिजो जनताले कुटाे काेडालाे गरेर खनेकाे विमानस्थल
दुई बर्ष अघि धवनमार्ग कालोपत्रे भएको विमानस्थल नयाँ नगर प्रमुख आएपछि संचालन हुने आशा राखेका थियौ
अहिलेसम्म संचालन हुुन सकेन कस्काे स्वार्थले भएन बुझ्न नसकेको स्थानीय युवाहरूकाे भनाइ छ ।
अहिले केही समय घाटामा गएपनि आम जनतामा जहाज चढ्ने बानीकाे विकास भएपछि बिमानस्थल चल्ने हुदा यसलाई चलाउनुपर्ने बागलुङ नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताए ।
पंचायतकालमा नियमितरूपमा काठमाडौ पाेखरा भैरहवा संचालन भएको विमानस्थल सम्पन्न भएर पनि संचालन हुन नसकेको अहिले बागलुङका जनता हवाई जहाज चढ्न पाेखरा पुग्नुपर्ने बाध्यता रहेको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
बागलुङको बिमानस्थल कालोपत्रे भइसकेको कारणले यो संचालन गर्न कुनै समस्या नभएको एयरपोर्ट सम्म जाने सडक लगभग कालोपत्र रहेको बागलुङ नगरपालिकाका निर्वतमान नगर प्रमुख जनक पाैडेलले बताए ।
बागलुङका नागरिक नियमित हवाई उडानको पर्खाईमा बसेको ३० बर्ष पुग्यो । विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उद्यान प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीले ८ करोड२४ लाख ३४ हजार ८ सय ४० रुपैयाँमा ठेक्का सम्झौता गरि काम सम्पन्न गरेको छ । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण र धावनमार्ग कालोपत्रेको काम भएपनि बिमानस्थलसम्म पुग्ने कालोपत्रे सडक नहुदा हवाईजाहज सञ्चालन हुने संभावना कम देखिन्छ ।
बागलुङ सदरमुकाम देखि १४ किलोमिटरकाे दुरिमा रहेको
बलेवा बिमानस्थल पुग्न मालढुंगादेखि वलेवा नारायणस्थान सम्म पुग्न सरकारले कालीगण्डकी काेरिडाेरकाे १० किमि सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी लाई ठेक्का दुई बर्षमा सम्पन्न गर्ने सम्झौता गरेको भएपनि सडक अझैसम्म कालोपत्रे भएको छैन ।
अहिले बलेवा बिमानस्थल सम्म पुग्न एक घण्टा भन्दा बढी लाग्ने गर्छ भने बागलुङ बाट पाेखरा एयरपोर्ट १ घण्टा ३० मिनेटमा सहजरूपमा पुग्न गरेको कारण काठमाडौ बाट हवाई यात्रा गर्नेहरू पाेखरा आउने गरेका छन् ।
सरकारले बिना योजना बिमानस्थल कालोपत्रे गर्ने बनेको बिमानस्थलमा हवाई कम्पनीहरूले आफ्नो सेवा बिस्तार नगर्ने गरेको कारणले सरकारले गरेको लगानी बालुवामा पानी सावित हुदै आएको छ ।बागलुङमा कालोपत्रे भएको सुविधा सम्पन्न एयरपोर्ट संचालन कहिले हुने हाे भनेर प्रतीक्षा गरेर बस्ने भन्दा अर्को बिकल्प छैन ।