
बागलुङ । नेकपा माओवादी केन्द्रले तमानखोला गाउँपालिकाले बिपि स्मृति भवन लाइ १४ लाख छुट्टयाइएको भन्दै तमानखाेला गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ।
गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै तालाबन्दी गरिएको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीले बताए ।
नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गरेको भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए ।
बिहिबारको गाउँसभाले विपी स्मृति भवनको लागि एकल बहुमतबाट बजेट विनियोजन गरेको भन्दै नेकपा माओवादी केन्द्र तमानखोलाका सचिव छवि श्रीपालीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरिएको हो ।
‘जनताको लागि आएको बजेट कुनै पार्टी कार्यालय निमार्णको लागि विनियोजन गर्नु गलत हो,’ सचिव श्रीपालीले भने, ‘हाम्रो कुराको सुनुवाई नगरी एकल रुपमा अगाडी बढेपछि कार्यालयमा तालाबन्दी गरेका हौं ।’
तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार, वडा नं ४ का वडा अध्यक्ष छवि श्रीपालीलगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्यले तालाबन्दी गरेका हुन् ।












