नवयुबक आधारभूत विद्यालयको ब्यवस्थापन समिती गठन

-


     हिडन खबर    
     माघ ४ गते २०८० मा प्रकाशित


बाग्लुङ /काठेखोला गाउँपालिका-५,बिहुँ स्थित नवयुबक आधारभूत विद्यालयमा मोहन प्रसाद पुनको अध्यक्षतामा नौ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।
समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन ।

यस्तै वार्डको प्रतिनिधितब गर्दै सदस्यमा भुमा पुन, शिक्षकको प्रतिनिधित्व गर्दै सदस्यमा अम्मराज सेजुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटा चयन भएका छन ।

बिद्यालयसंग आवद्ध अभिभावकहरुको भेलाबाट बिद्यालयलाइ ब्यवस्थापकिय रुपमा बलियो बनाउनको लागि ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटाले बताए ।

यस्तै अभिभावकहरुको भेलाले बिद्यालयमा बमबहादुर पुनको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको उक्त बिद्यालयकि शिक्षिका नन्दकुमारी ठकुरीले बताए ।