समाचार

सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु

पर्वतमा सेल्फी खिच्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।बागलुङ र पर्वत जोड्ने विश्वकै लामो पुललाई सेल्फी तस्बिरमा पार्ने गरि भिरको ढिकबाट सेल्फी खिच्ने क्रममा १८ वर्षीय अप्सरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । मृतक खातुन सेल्फीखिच्ने क्रममा भीरबाट लडेर १०० मिटर तल खसेको न्यौपाने बताउनुभयो । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै… पुरा पढौ

बागलुङ नगरपालिकामा आधारभूत तह परिक्षा भोलिदेखि: तयारी पूरा

बागलुङ नगरपालिका भित्र भोलिदेखी सञ्चालन हुने यस वर्षको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका नगर शिक्षा शाखाको आयोजना एवं व्यवस्थापनमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस वर्षको परिक्षामा बागलुङ नगरपालिका भित्रका ५० वटा विद्यालयबाट कुल १ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाकालागि नगरभित्र २७ वटा परिक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पोखरेलले बताउनुभयो । विगतका वर्षहरूमा होम… पुरा पढौ

मालिका कमेरे मुलको निर्माणधिन खानेपानी ट्याङकी तोडफोड

बागलुङ नगरपालिका वडा नम्वर ५ रहेको कमेरे मुलमा निर्माणधिन खानेपानी ट्याङकीको संरचना सरकारी कर्मचारीको सम्लग्नतामा तोडफोड भएको छ ।बागलुङ नगरपालिका ५, साविक मालिका गाविसको कमेरे मुहानमा बागलुङ नगरपालिका ४ र म्यादीको बेनी नगरपालिका १ साविकको रत्नेचौर गाविस बिचको खानेपानी मुल विवाद समाधानको पहल भैरहेको वेला बागलुङ नगरपालिकाले करिव २ लाख खर्च गरेको संरचना शनिवार तोडफोड भएको हो । संरचना निर्माण भएको ५ दिन नवित्दै तोडफोड भएको छ । उच्च अदालत बागलुङ पोखरा इजलासका कार्यरत म्याग्दीको बेनी नगरपालिका १ अर्जमका सोम… पुरा पढौ

बिश्व उपभोक्ता अधिकार दिवस

बागलुङ विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममाउपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो । बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम… पुरा पढौ

दलितको समस्या समाधान हुन नसकेको गुनासो

बागलुङ  /गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर प्रचारप्रसार गरिएपनि दलितको समस्या अझै सम्म समस्याको रूपमा रहेको भन्दै नेपाल दलित आयोगलाइ शक्तिशाली बनाउन जरुरी रहेको धारणा जिल्लाका दलित अधिकारकर्मिले राखेका छन् । राष्ट्रिय दलित आयोगका सदस्य  सुन्दर बुर्लाकाेटीले नेपालकाे संविधान २०७२ दलितको लागि अग्रगामी र प्रगतिशील संविधान भएको बताए ।राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजना गरेको छलफल कार्यक्रममा अहिलेसम्म १९१० काे मुलुकी ऐनले विभेद गरेको तर यो संविधानले विभेद अन्त्य गर्न संकल्प गरेको आयोगका  सदस्य बुर्लाकाेटीले बताए ।तर आयोगले यत्तिले… पुरा पढौ

५ दिनदेखि लगाइएको ताला नेविसंघले फोड्यो: क्याम्पसको स्थिति तनावग्रस्त

धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयमा भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।फाल्गुन २५ गतेदेखि वामपन्थी विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला नेविसंघले फोडेपछि क्याम्पसको स्थिति तनावग्रस्त बनेको हो । क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको, जारी गरिएका परिचयपत्रमा विवरण गलत भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको ताला आज बिहान नेपाल विद्यार्थी संघले फुटाएको थियो । आफ्ना जायज माग पुरागर्न दबाब दिनेगरी लगाइएको ताला प्रशासनले सहमतिको कदमै नचाली नेविसंघले आफूखुशी फुटाएपछि अनेरास्ववियु… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसमा जताततै ताला: क्याम्पस प्रमुख सहित ८ जना प्राध्यापक थुनिए !

बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जताततै तालाबन्दी गरिएको छ । क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा सुजन सापकोटाको नेतृत्वमा रहेको संयुक्त विद्यार्थी समुहद्वारा तालाबन्दी गरिएको हो । सापकोटा स्ववियुका बहालवाला स्ववियु सह-सचिव समेत हुन । तालाबन्दी कारण क्याम्पस व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, निर्वाचन अधिकृत, लगायत ८ जना थुनिएका छन । उता क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको तालाबन्दी खुल्न सकेको छैन । यसरी क्याम्पसमा सहमतिको प्रयास नगर्ने र ताला… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण स्ववियु निर्वाचन अनिश्चित

त्रिभुवन विश्वविद्यालय अन्तर्गत साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारको मनोनयन निर्वाचन कार्यतालिका अनुसार हुन नसक्दा निर्वाचन नै अनिश्चित बनेको हो । विश्वविद्यालयद्वारा जारी गरिएको स्ववियु निर्वाचन कार्यतालिका अनुसार फाल्गुन १९ गते संगठन दर्ता देखि… पुरा पढौ

चैत्राष्टमी मेला चैत १३ देखि

नेपालकै महत्त्वपूर्ण मेलाहरु मध्येको चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुने भएको छ । हरेक वर्षको चैतेदसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता… पुरा पढौ

राष्ट्रिय युवा संघ बागलुङको १३औं जिल्ला अधिवेशन: तयारी पूरा

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बागलुङको जिल्ला अधिवेशन भोलि फाल्गुन २८ गते हुँदैछ । जिल्लाको सदरमुकाम बागलुङ बजारमा आइतबार हुने १३ औं जिल्ला अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं बागलुङ इन्चार्ज रेशम घर्ती मगरले बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने इन्चार्ज घर्तीले बताउनुभयो । यद्यपि युवा संघको नेतृत्वका लागि धेरैले आकाँक्षा देखाएका बुझिएको छ । पुरा पढौ