बागलुङ हटियामा एकजना युवा मृत फेला पर्या

-


     हिडन खबर    
     माघ २४ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ मा एकजना युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मध्यपहाडी लाेकमार्ग अन्तर्गत बडगाउमा सडक छेउको नालीमा स्थानीय मित्रलाल गाैतमकाे २४ बर्षिय छाेरा नविन गाैतम उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए ।

घटनाको जानकारी भए लगत्तै प्रहरी टाेली परिचालन भइ घटनाको अनुसन्धान शुरू गरेको घटना स्थलदेखी ७० मिटर तल मृतकले लगाउने गरेको चप्पल फेला परेको हुदा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।