मध्यपहाडी राजमार्ग बागलुङ बिहुँ खण्डको काम तत्काल शुरू गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

-


     हिडन खबर    
     माघ २४ गते २०८० मा प्रकाशित


काठमाडौ /राष्ट्रिय गाैरवकाे आयोजनाकाे रूपमा रहेको
मध्यपहाडी राजमार्ग पटकपटक म्याद थप गर्दा समेत कालोपत्र नभएको भन्दै बागलुङका नेता र गाउँ पालिका प्रमुखले अर्थमन्त्री प्रकाश शरण महतको ध्यानाकर्षण गराएका छन ।

आयोजना लामो समयदेखि अधुरो रहिँ हिउँदमा धुलाम्य र बर्षामा हिलाम्मे भएर जनताले दुख पाईरहेको बागलुङ देखि घाेडाबाधे सम्मकाे मध्यपहाडी लाेक राजमार्ग काे समस्याको बिषयमा नेपाल सरकारका अर्थमन्त्री महत सँग भेटघाट गरेर महत्त्वपूर्ण छलफल गरेकाे नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेलले बताए ।

काठेखोला गाँउपालीकाका अध्यक्ष राजु थापा,काठेखोला गाँउपालीका वर्डा न.५ का वडा अध्यक्ष ज्ञामनाथ कडेँल सहितका नेताहरुले बागलुङ सदरमुकाम देखि बिहुँ खण्डको तत्काल शुरू गरेर जनतालाई राहत दिन माग गरेका थिए ।
अर्थमन्त्री महतले मध्यपहाडी राजमार्ग बारे सरकार गम्भीर रहेको बताए ।

यहीँ राजमार्ग भएर देशका प्रधानमन्त्री ,मन्त्री ,मुख्य मन्त्री लगायतका महत्त्वपूर्ण आ‌ेडाहमा पुगेका ब्यक्ति दर्जनौं पटक
आवातजावत गरेपनि यसमा नजर परेको देखिदैन ।सरकारले पटकपटक ठेकेदार कम्पनी लाइ काम समयमै सम्पन्न गर्न निर्देशन दिएपनि ठेकेदारले त्यसलाई लत्ताइ दिएकाे छ ।