पटकपटक मात्रै बक्तब्य निकालेर देवकुमार नेपाली बचत कर्ताहरूलाइ रणभुलमा पार्न ब्यस्त छन् ?

-


     हिडन खबर    
     माघ २३ गते २०८० मा प्रकाशित


काठमाडौं ।हजारौं बचतकर्ताहरुको २ अर्ब रुपैयाँ भन्दा बढी बचत अबचलन गरी ८ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले एक वक्तव्य प्रकासित गरि सबै सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको फेरि पछिल्लो पटक ब्यक्त निकालेका छन् ।

तत्कालीन इमेज बचत सहकारीका अध्यक्ष रहेका नेपालीले माघ १९ गते एक वक्तव्य प्रकाशित गरि आफनो र आफनो श्रीमती छेला नेपालीको नाममा रहेको सबै सम्पत्ती दिन तयार भएको, त्यसको लागि वातावरण बनाई दिन भनेका छन् ।

नेपालीले आफ्नो सम्पती पोखरा, काठमाडौं, बागलुङ र गलकोटमा रहेको भन्दै आफूसँग नगद रकम नभएकोले तत्काल बचतकर्तालाई भुक्तानी दिन केहि समय गाह्रो हुने भएकोले त्यसको लागि सबैले सहयोग गर्नु पर्ने त्यसको लागि सहकारी विभाग, सहकारी रेजिष्ट्रार कार्यालय, अदालत, प्रहरी तथा प्रशासनले वातावरण बनाई दिनु पर्ने भन्दै नेपालीले वक्तव्यमा भनेका छन् ।

त्यसै गरि सहकारीबाट कर्जा लगेका ऋणिहरुले ऋण असुलीमा पनि सहयोगको आव्हान गरेका छन् । साथै उनले आफनो बागलुङ,बुर्तिबाङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब बराबरको सम्पत्ति रहेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालीले पटकपटक वक्तव्य निकालिरहेको भएपनि उनी कहाँ छन् भन्ने बारेका अझसम्म केहि थाहा हुन सकेको छैन् ।