समाचार

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको योजनाबद्ध पहल पुगेन माआ‌ेवादी अध्यक्ष प्रचण्ड

काभ्रे, १६ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ । काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा… पुरा पढौ

ढाेरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

बागलुङ , १५ असाेज । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार रहेका  इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले आज भएको बहसबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो । इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको… पुरा पढौ

एकबहादुर केसी धराैटीमा छुटे

बागलुङ / बागलुङ नगरपालिकामा हालसालै गण्डकी प्रदेशका मुख्य मन्त्र सुरेन्द्र पाण्डेले उद्घाटन गरेको बसपार्ककाे सिलालेख ताेड्फाेड गर्ने अभिब्यक्ति दिएकाे भन्दै विद्युत्तिय (इलेक्ट्रोनिक ) काराेवार अन्तर्गत मुद्दामाबागलुङ नगरपालिकाका एकबहादुर केसी धराैटीमा रिहा भएका छन् । विद्युत्तिय (इलेक्ट्रोनिक )कारोवार ऐन-२०६३ बमोजिम कसुरमा सम्मानित बागलुङ जिल्ला अदालत बागलुङकोअसाेज १५ गते आदेशले रु तिस हजार रुपैया धरौटी राखेर छुटेको प्रहरीले जनाएको छ । केसीले बागलुङ सदरमुकाम ठूलो तामझामका साथ उद्घाटन भएको बागलुङ बसपार्क बाट बस नछुटाएकाे भन्दै सामाजिक संजाल मार्फत एक महिनाभित्र बसपार्क संचालन… पुरा पढौ

अब सहरी क्षेत्रको पूर्वाधार निर्माण गर्दा गम्भीर भएर सोच्नुपर्छः प्रचण्ड

भक्तपुर, १५ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिरो भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक… पुरा पढौ

बाढीपीडितले प्रचण्डलाई भने- संकटको सामना गर्न अभिभावकत्व गरिदिनुस

ललितपुर, १५ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे। पीडितहरुलाई… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

काठमाडौ, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गर्नुभएको छ। प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको छ। मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो… पुरा पढौ

गायिका बिन्दा परीयारकाे लाेक दाेहाेरी गीत ” मायाकाे जनमबार” सार्वजानीक

बागलुङ /लाेक दाेहाेरी गायिका बिन्दा परीयारकाे लाेक दाेहाेरी गीत " मायाकाे जनमबार" सार्वजानी गरिएको छ । गीतमा आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई कलात्मक शैलीमा भिडियोमा वर्णन गरिएकाे छ । आफ्नाे मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेम प्रेमिका सामु जाने युवा युवतीको रोमाञ्चक प्रेम कथामा आधारीत गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आउने गायिका बिन्दा परियारले बताउनु भयाे । गायक सानू केसी र बिन्दा परियारकाे आवाजमा रहेकाे गीतकाे शब्द  सानू केसी र संगित सुदर्शन… पुरा पढौ

गायीका निरू श्रीष मगरकाे “लाहुरे मलाएकाे” गित सार्वजानीक

कास्की / कुनै समय यस्तो थियो, पल्टनबाट लाहुरे दाइ छुट्टीमा आउँदा हेर्नेको गाउँभर भीड लाग्थ्यो । सोह्र वर्ष पुगेका कति ठिटीहरू मनभरि लाहुरेलाई सजाउँदै चोलीको तुनामा फूल बाँधेर पर्खन्थे । कति त लाहुरेनी हुन रातभर ननिदाई छटपटिन्थे यसाे त हङकङ र सिङगापुरका लाहुरेहरूलाई खुब मन पराईन्थियाे यस्तै यस्तै परिवेश लाई समेटेर तयार पारीएकाे लाेक दाेहाेरी गायक डाेलराज परियार गायिका निरू श्रीष मगरकाे  "लाहुरे मलाएकाे" गीत सार्वजानीक गरिएकाे छ । गीतमा लाहुरेले मन पराएकी यूवतीको कुरा बोलेको छ भने युवतीले हङकङ र सिङगापुर… पुरा पढौ

बाढीपीडितका लागि माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं, १४ असोज। नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो । उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख… पुरा पढौ

बागलुङकाे गलकाेटमा एक बृद्व मृत फेला

बागलुङ जिल्ला गलकाेट नगरपालिका वडा नम्बर ५ दरमखाेलामा एकजना बृद्व ब्यक्ति मृत फेला परेको छ । गलकाेट नगरपालिका वडा नम्बर ५ हरिचाैर बस्ने बर्ष ७५ का माेतिलाल बिक खाेला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । इलाका प्रहरी कार्यालय बागलुङमा असाेज १३ गते १२ बजे घर बाट निस्कि हिडेकाे साँझसम्म घर फर्किएर नआएको भन्ने जानकारी निजको गराएको खाेजतलास गर्दा घर देखि २ किलोमिटर टाढा मृतकको माेवाइल हाप काेट लाैराे र घडी फेला परेको जानकारी गराएपछि प्रहरी… पुरा पढौ