बागलुङ उद्योग बाणिज्य संघकाे अध्यक्षमा उमाकान्त शर्मा (बाबु )र राजन कुमार शाक्यकाे उमेदवारी दर्ता

-


     हिडन खबर    
     चैत्र ११ गते २०८१ मा प्रकाशित


बागलुङ उद्योग बाणिज्य संघका यही चैत १६ गते हुन गइरहेको १९ आ‌‌‌ैं अधिवेशनकाे लागि दुई जनाले आआफ्नो प्यानल सहित उमेदवारी दर्ता गराएका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व हात पार्न वर्तमान कार्यसमितिका बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य र संघका निर्वतमान बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले आज छुट्टाछुट्टै प्यानल सहित निर्वाचन अधिकृत
कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् ।

बागलुङ उद्योग बाणिज्य संघको यसपटकको निर्वाचन सर्वसम्मत बनाउने भनेर चरण चरणमा छलफल गरेपनि
सहमति हुन नसकेपछि आज दुइटा प्यानल बनाएर उमेदवारी दर्ता गराउन परेको उमेदवारकाे भनाइ छ ।

राजन कुमार शाक्यको प्यानलकाे उद्योग सदस्यमा चुडामणिा सापकोटा तृष्णा श्रेष्ठ ,महिला सदस्यमा तुलसी देवी शर्मा अर्चना पालिखे ,र सृजना राजभण्डारी श्रेष्ठ र खुला सदस्यमा ऋषिराम गाैतम ,ईन्द्रमणि शर्मा पाैडेल (अर्जुन) नवीन कुमार श्रेष्ठ ,अर्जुन कडेल ,मनिष राजभण्डारी ,चन्द्र राज रेग्मी ,खिम कुमार श्रेष्ठ ,गाेकुल कडेल ,जीवन नाथ शर्मा ,बिष्णु अधिकारी ,महेन्द्र प्रसाद शर्मा ,अकिल बहादुर क्षेत्री( ध्रुव ) नारायण सापकोटाले उमेदवारी दिएका छन् ।

यस्तै उमाकान्त शर्मा (बाबू ) काे प्यानलबाट उद्योग सदस्यमा रामप्रसाद शर्मा भुपेन्द्र खड्का ,महिला सदस्यमा सविता आचार्य ,चाँदनी श्रेष्ठ ,कमला पराजुली ,र खुला सदस्यमा श्रीजय श्रेष्ठ ,निलेश राजभण्डारी ,राजेश भारी ,दीपक हमाल ,उमेश केसी ,गणेश लम्साल ,शिवशंकर साह,रमेश शर्मा ,सुदीप सागर कडेल ,युवराज कडेल,राजु गाैतम ,बद्री ढुंगाना ,र हरि आचार्यले उमेदवारी दर्ता गराएका छन् ।

दुवै जना नेपाली कांग्रेस निकट व्यवसायी हुन् । शाक्य विसं २०६१ युगेश्वर वझा अध्यक्ष हुँदा कार्यसमितिका सदस्य, धु्रव गौतम अध्यक्ष हुँदा उपमहासचिव, बसन्त कुमार श्रेष्ठ अध्यक्ष हुँदा कोषाध्यक्ष, जयराम भारी अध्यक्ष हुँदा आमन्त्रित सदस्य, युवराज राजभण्डारी अध्यक्ष हुँदा प्रथम उपाध्यक्ष र नरेश कँडेलको अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

साथै पूर्ववरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य उमाकान्त शर्मा बाबु विसं २०६३ सालमा ध्रुव गौतम अध्यक्ष हुँदा कार्यसमिति सदस्य, जयराम भारी अध्यक्ष हुँदा उपमहासचिव, युवराज राजभण्डारी अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्ष र नरेश कँडेलको कार्यकालमा कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

संघमा १ हजार ४ सय १६ मतदाता रहेका छन् ।प्रमुख निर्वाचन आयुक्त अधिवक्ता भुमिश्वर गौतमका अनुसार अध्यक्षसहित सदस्य पदको लागि चैत १६ गते शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

हिजाेसम्म बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षकाे लागि ७ जना उमेदवार आकांक्षी रहेको थियाे अध्यक्षमा आकांक्षी मध्य श्रीजय श्रेष्ठ ,नवीन कुमार श्रेष्ठ ,ऋषिराम गाैतम ३ जनाले सदस्यमा उमेदवारी दिएका छन् भने दयाराम शर्मा र सन्जय श्रेष्ठले कुनै पनि पदमा उमेदवारी दिएका छैनन् ।

बागलुङ उद्योग वाणिज्य संघको ६१ औं साधारण सभा र १९औँ अधिवेशन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा चैत १५ गते विहान ११ बजे बाल मन्दिर आधारभूत प्राथमिक विद्यालयको सभा हलमा हुने संघले जनाएको छ ।