खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व : चुनौति र संभावना विषयक गोष्ठी

-


     राजेशचन्द्र राजभण्डारी     
     चैत्र १० गते २०८१ मा प्रकाशित



काठमाडौ ,चैत ११

काठमाडौं, २४ मार्च – आजको दिनमा “खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व: चुनौति र संभावना” विषयक एक गोष्ठी आयोजित भएको छ। उक्त गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, महिला नेतृत्वकर्ता र सरसफाइका क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको उपस्थिती रहेको थियो।

खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ नेपाल (फेडवासन )काे आयोजना खानेपानी मन्त्रालय खानेपानी तथा ढल ब्यवस्था विभागकाे समन्वयमा भएको कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले
खानेपानी तथा सरसफाइकाे क्षेत्रमा महिलाको भुमिका महत्त्वपूर्ण रहे पनि अहिलेसम्म पनि प्रमुख पदमा भने महिला अझै पनि पुग्न नसकेको अवस्था रहेको समाजको आधा हिस्सा महिलाको भएकाे हुदा यसमा पनि महिलाको भुमिका त्यहीँ अनुसार हुनुपर्ने बताए । 

देशको प्रमुख राष्ट्रपति सभामुख लगायतका पदमा महिला नेतृत्व पुगेर सफलता पुर्वक भुमिका निभाइ सकेको इतिहास भएपनि खानेपानी सरसफाइमा भने नेतृत्व दायी पदमा महिला नपुग्नु दुखद बिषय भएको मन्त्री यादवले बताए ।

कार्यक्रममा खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ नेपाल (फेडवासन ) का अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी उपभोक्ताले काम गर्दै गर्दा खानेपानीमा कर छुट समस्या बिधुत महसुलकाे समस्या अहिलेसम्म पनि यथावत रहेको हुदा यसलाई खानेपानी मन्त्रालयले हल गर्नुपर्ने बताए 

गोष्ठीको प्रमुख उद्देश्य महिला नेतृत्वको महत्त्वलाई उजागर गर्दै खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला सशक्तिकरणको आवश्यकता र यसका लागि चुनौतीहरूको विश्लेषण गरेका थिए ।

महिला नेतृत्वको भूमिकालाई महत्वपूर्ण भन्दै, संस्थागत सुधार र सुधारात्मक नीतिहरू लागू गर्दा महिलाहरूलाई सशक्त बनाउने महत्वका बारेमा चर्चा गरे।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव देवी शाक्य बज्राचार्य नागर्जुन नगरपालिका कार्यवाहक नगर प्रमुख शुशिला अधिकारी खानेपानी तथा ढल ब्यवस्थापन विभागका सिडिइ मधुसूदन खनाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष जनक गिरी वाटर एड नेपालका आनन्द गाैतम लगायतका बक्ताहरूले महिला नेतृत्वमा हुने अवसरहरू र चुनौतिहरूका बारेमा विचार-विमर्श गरे। यसका साथै, महिला नेतृत्वको क्षेत्रविकासमा बढ्दो योगदान र आगामी योजनाबद्ध प्रयासहरूलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

महिला अधिकारकर्मीहरूले महिला नेतृत्वलाई अझ सशक्त बनाउनका लागि शिक्षाको स्तरमा सुधार, आर्थिक सशक्तिकरण, र समुदायमा सक्रिय सहभागिता आवश्यक रहेको बताए।

यस कार्यक्रमले महिलाहरूको सहभागिता र नेतृत्वमा भएको सुधारका लागि सम्भाव्य रणनीतिहरू र सहयोगका नयाँ अवसरहरू पस्किएको छ, जसले भविष्यमा खानेपानी र सरसफाइका क्षेत्रमा महिला सशक्तिकरणको स्तरलाई अझ अगाडि बढाउने विश्वास जनाइएको छ।